आफ्ना सबै सबै सांसदले दशैं भत्ता फिर्ता गर्ने कांग्रेसको निर्णय !

काठमाडौं- नेपाली कांग्रेसले आफ्ना सबै सांसदले दशैं भत्ता फिर्ता गर्ने निर्णय गरेको छ। सचेतक सचेतक पुष्पा भुसालका अनुसार दशैं भत्ता फिर्ता गर्ने औपचारिक निर्णयसहितको विज्ञप्ति प्रकाशित हुनेछ।

प्रतिनिधि सभामा कांग्रेसका ६३ सांसदलाई दशैं भत्तावापत संसद सचिवालयले प्रतिसांसद ६४ हजार ७० रुपैयाँ बैंक खातामा पठाइसकेको थियो। तर, चौतर्फी विरोधपछि पार्टी सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ताको औपचारिक निर्णय गर्न प्रमुख सचेतक बालकृष्ण खाँडलाई निर्देशन दिएका थिए।

सांसदट्ठय प्रकाशमान सिंह र डिला संग्रौलाले संसदीय दलबाट औपचारिक रूपमा निर्णय लिन सुझाव दिएका थिए। प्रमुख सचेतक खाँड, सांसदहरु प्रकाशमान सिंह र गगन थापाले दशैं भत्ता फिर्ता गर्ने जानकारी दिइसकेका छन्।

त्यस्तै, काँग्रेसका सांसद प्रकाशमान सिंहले संघीय संसदका सांसदहरुलाई दसैँ भत्ता दिने सरकारी निर्णय निन्दनीय भएको बताएका छन्। एक विज्ञप्ति जारी गर्दै सिंहले भने, ‘कांग्रेस महामारीका बेलामा सांसदहरुलाई दशैंभत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकारको सुनियोजित योजनाको विरुद्ध रहेको छ।’

प्रकाशित : सोमबार, कार्तिक ०३, २०७७११:२९

कोरोनाको कारण अस्पताल सञ्चालकसहित चार जनाको मृत्यु !