कोरोनाको कारण अस्पताल सञ्चालकसहित चार जनाको मृत्यु !

मोरङमा कोरोना संक्रमणका कारण अस्पताल सञ्चालकसहित चार जनाको मृ-त्यु भएको छ। आइतबार राति र सोमबार बिहान गरी मोरङ हस्पिटल प्रालिका सञ्चालकसहित चार जनाको ज्यान गएको हो।

पिसिआर परीक्षण गराउँदा असोज २२ गते रिपोर्ट पोजेटिभ आएको उनको बिहान ३ बजे मृ-त्यु भएको पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य जानकारी दिए।

पथरी शनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय अस्पताल सञ्चालकको न्युरो अस्पतालमा उपचार भइरहेको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो। मिर्गौला पीडित उनी नियमित डाइलासिस गराउँदै आएका थिए।

त्यस्तै, ग्रामथान गाउँपालिका–४ का ६६ वर्षीय वृद्ध पुरूषको नोबेल शिक्षण अस्पतालमा सोमबार बिहान ९ बजेतिर मृ-त्यु भएको छ। सोहि अस्पतालमा उपचाररत ६६ वर्षीय वृद्ध पुरूषको आइतबार राति ११ बजेतिर मृ-त्यु भएको छ।

यसैगरी, असोज १९ गते कोरोना पुष्टि भएकी विराटनगर–२ की ६० वर्षीया महिलाको सोमबार बिहान ४ बजेतिर कोसी अञ्चल अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृ-त्यु भएको हो।

प्रकाशित : सोमबार, कार्तिक ०३, २०७७१२:४८

महामारीको बेला उपचार नगर्ने सरकार किन चाइयो ?