महामारीको बेला उपचार नगर्ने सरकार किन चाइयो ?

नेपाली कांग्रेसले कोरोना संक्रमितको उपचार राज्यले नगर्ने निर्णय प्रति आपत्ति जनाउँदै परेको बेला नगर्ने सरकार किन चाइयो भन्ने प्रश्न उठाएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना संक्रमितको उपचार राज्यले नगर्ने निर्णय फिर्ता लिन चेतावनी दिएका छन्।

आइतबार स्वास्थ्य मन्त्रालयले अब कोरोना संक्रमित आफैंले उपचारको खर्च व्यहोर्नुपर्ने बताएको थियो।

कोरोना महामारीबाट जनतालाई जोगाउन असफल प्रमाणित भइरहेकोे वर्तमान सरकारले परिक्षण र उपचारको दायित्वबाट पन्छिन गरेको निर्णयलाई नेपाली कांग्रेसले अत्यन्तै गैह्र जिम्मेवार ब्यवहारका रूपमा लिएको कुरा शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

कोरोनाले जनताको आर्थिक जिवनमा परेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने कर्तव्य सरकारको हो । संक्रामक रोग उपचारको कानूनी ब्यवस्था अनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने कांग्रेसको भनाइ छ।

सर्वोच्च अदालतले केही अघि निःशुल्क रूपमा प्रबन्ध मिलाउन दिएको आदेशसम्म सरकारले पालना नगर्नुले जनता, मिडिया, प्रतिपक्ष, अदालत कसैको पनि नसुन्ने सरकार कसको सुन्छ ? भन्ने प्रश्न उब्जिएको छ।’ विज्ञप्तिमा उल्लेख छ।

“कोरोना परिक्षण र उपचार निःशुल्क रूपमा गरेर महामारीबाट जनतालाई जोगाउन बिशेष संवेदनशीलताका लागि प्रधानमन्त्रीजी एवं उहाँको नेतृत्वको सरकारलाई अपील र आग्रह गर्दछ ।” विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : सोमबार, कार्तिक ०३, २०७७१३:५५

कोरोना संक्रमितको नि: शुल्क उपाचार गर्न सक्दैनौं