‘सांसदहरुको भत्ता काट्ने, सरकारी कर्मचारीको नकाट्ने?’

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका लालबाबु पण्डितले सांसदहरुको मात्रै चाडपर्व (दशैं) भत्ता कटौती गरेर नपुग्ने बताएका छन्।

पूर्वमन्त्री समेत रहेका पण्डितले एक मिडियासंग कुराकानी गर्दै सांसदहरुको मात्रै चाडपर्व (दशैं) भत्ता कटौती गरेर नपुग्ने बताएका हुन्। उक्त मिडियासंग कुराकानी गर्दै उनले सांसदको भत्ता कटौती गर्ने भए सरकारी सुविधा लिने कर्मचारीलगायत सबैको कटौती गर्नुपर्ने बताए। सम्पूर्ण सांसदहरु एउटै अवस्था नरहेको उनको भनाई छ।

“सबै जनप्रतिनिधि एउटै स्तरका छैनन् । विनोद चौधरी र लालबाबु पण्डित दुवै जनप्रतिनिधि हुन् । एकैरुपमा तुलना गर्नुभयो भने जनप्रतिनिधिहरु अब ठूला-ठूला उद्योगपति, ठूला ठूला ठेकेदार र ठूला ठूला त-स्करमात्रै जनप्रतिनिधि हुने भन्नुपर्ने हुन्छ ।”,कुराकानीका क्रममा उनले भनेका छन्।

सरकारी सुविधा लिने कर्मचारीलगायत सबैको भत्ता कटौती गरे मात्रै आफूलाई सांसदहरुको भत्ता कटौती गर्ने निर्णय मान्य हुने उनले स्पष्ट पारे।

“सरकारी सुविधा लिने धेरै छन् । पत्रकारले दसैं भत्ता पाउँछ कि पाउँदैन ? पत्रकारलाई दिने, सरकारी सेवासुविधा लिने जति छन्, सबैले पाउने, निजी उद्योग धन्दाले पनि दसैं भत्ता दिने, जनप्रतिनिधिलाई किन नदिने ?”,उक्त कुराकानीका क्रममा उनले भनेका छन्,”सरकारी सेवा सुविधा लिने, सरकारी कोषबाट तलब भत्ता खाने कर्मचारी, पत्रकार, अन्य राष्ट्रयसेवक जो-जो छन्, सबैको कटौती गरौं र कोरोना कोषमा हालौं । यो निर्णयमा सबै सहमत हुन्छन् भने म सबैभन्दा अगाडि हुन्छु”

प्रकाशित : सोमबार, कार्तिक ०३, २०७७१८:१२

कक्षा ११ मा नयाँ पाठ्यक्रम यसै सत्रबाट !