“रोनाल्डो त्याग र परिश्रमका खानी हुन्, उनको संघर्षको कथा सुन्ने हो भने सम्मान जागेर आउँछ”

एजेन्सी – शख्तर डोनेट्स्कका प्रशिक्षक लुइस कास्ट्रोले आफ्नो लागि क्रिस्टियानो रोनाल्डोलाई नै उत्कृष्ट खेलाडी रहेको बताएका छन्।

च्याम्पियन्स लिग अन्तर्गतको खेलमा रियल म्याड्रिडसंग खेल्नु अगाडी डोनेट्स्कका प्रशिक्षक कास्ट्रोले खेलाडीहरु बीच तुलना गर्न आफूलाई नपरेपनि रोनाल्डो वास्तवमै विश्वको उत्कृष्ट खेलाडी रहेको बताए।

कास्ट्रोको नजरमा रोनाल्डो त्याग र परिश्रमका खानी रहेको बताउँछन्। धेरै त्याग र परिश्रमका कारणले गर्दै नै रोनाल्डो अहिले विश्वका उत्कृष्ट खेलाडी बन्न सकेको उनको बुझाई छ।

“मलाई तुलना गर्न मनपर्दैन। तरपनि, मेरा लागि रोनाल्डो नै उत्कृष्ट हुन्।”,उनले भने,”फुटबलकै लागि ११ वर्षको उमेर देखि घर छाडेका उनले कयौं त्याग गरेका छन्, साथै परिश्रम पनि।”

रोनाल्डो कसैको माया-दयाले नभई आफ्नै परिश्रमका कारण सफल भएको उनले बताए। अद्वितीय संकल्प, परिश्रम र त्यागले गर्दा नै रोनाल्डोको उदय भएको उनी बताउँछन्। रोनाल्डोलाई रियलले आफ्नै क्लबमा राख्न सकेको भए क्लबको अवस्था अहिले धेरै फरक हुन्थ्यो भन्ने उनको बुझाई छ।

“मलाई लाग्छकि – रियलले रोनाल्डोलाई रोक्न पर्थ्यो। सकेसम्म रियलमै राख्न पर्थ्यो।”,उनले भने,”रोनाल्डो आफ्नो क्लबमा छन् भने जसरी हुन्छ उनलाई क्लबलाई टिकाएर राख्ने हो।”

रोनाल्डोको संघर्षका कथाले विश्वका धेरैलाई प्रेरित गर्ने उनले बताए। रोनाल्डोले गरेको संघर्ष बुझ्ने हो भने हरेकको मनमा उनी प्रति सम्मान जागेर आउने उनको भनाई छ।

“११ वर्षको उमेर देखि फुटबलको लागि घर छाडेर हिँडेका उनी अहिले सम्म पनि खेल्दैछन्। केहि मान्छे उनलाई घृणा त गर्छन्, तर उनको संघर्षको कथा समेटेर चलचित्र बनिने हो भने सबैको मनमा सम्मान जाग्नेछ।”,उनले भने।

प्रकाशित : मङ्गलबार, कार्तिक ०४, २०७७१४:४२

“मेस्सी उत्कृष्ट लयमा छैनन्, तर सुधार होला”