देशभर ३ हजार भन्दा धेरै कोरोना संक्रमित थपिए !

पछिल्लो २४ घण्टामा  देशभर ३ हजार ०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देश भर ३ हजार ०९३  जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३९ हजार १२९  पुगेको छ।

आज १३ हजार ८३६ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा २ हजार ०१८ जना कोरोनाबाट निको भएर जना डिस्चार्ज भएका छन्। यससंगै हालसम्म निको हुनेको संख्या ९६ हजार ६९  पुगेको छ। अहिलेसम्म देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५  छ।

त्यस्तै, आज थप ८ जनाको ज्यान गएसँगै हालसम्म देशभर कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या ७६५  पुगेको छ।

उपत्यकामा १७ सय भन्दा बढी संक्रमित   

मंगलबार काठमाडौं उपत्यकामा १७ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। उपत्यका तीनै जिल्लामा गरी आज १ हजार ७०२ जना कोरोना संक्रमित थपिएका हुन्।

आज थपिएकामध्ये काठमाडौंका मात्र १४३१ जना रहेका छन्। त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा १४८  र ललितपुरमा १२३  जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित : मङ्गलबार, कार्तिक ०४, २०७७१६:४२

स्वास्थ्यमन्त्रीले भने – ‘जनताको चाहना अनुसारनै शुल्क लिने निर्णय गरेका हौँ’