पहिला पैसा दिएर सामान छुटाउन खोजे, नमानेपछि लखेटी-लखेटी ज्यान लिए !

कैलाली – शनिबार राति ८ः३० बजे खाना खाएर असई विक प्रहरी जवान साउदलाई मोटरसाइकलमा पछाडि बसालेर गस्तीमा निस्के।एउटा घरमा मोटरसाइकल राखेर उनीहरू धनगढी उपमहानगरपालिका वडा नम्बर १० बनकट्टी घाट पुगे। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

यो ठाउँ अस्थायी पोस्टदेखि करिब ५ किलोमिटर दक्षिण पश्चिममा पर्छ। तस्करले सामान ओसार्ने बाटोनजिकै एउटा झ्याङमा असई र प्रहरी जवान बसिरहे। राति १०ः३० बजेतिर भारततर्फ लैजान गोरुगाडामा मटर राखेर तस्कर समूह आयो। असई र प्रहरी जवानले गोरुगाडालाई रोकेर समान नियन्त्रणमा लिन खोजे। प्रहरी जवान गोरुगाडाको एकातर्फ र असई अर्कोतर्फ उभिएका थिए। सुरुमा उनीहरूले प्रहरी जवान र असईलाई पैसा दिएर सामान छुटाउन कोसिस गरेको ह-त्यामा संलग्नको बयान उद्धृत गर्दै प्रहरी उपरीक्षक देउवाले बताए।

सामान छोड्न नमानेपछि प्रहरी जवान साउदलाई तस्करले टाउकोमा ल-ट्ठीले हि-र्काए। साउद त्यहाँबाट अलि पर भागे। त्यसपछि असई विकमाथि पनि प्रहा-र गरियो। असईको फरुवाले हि-र्काएर पहिले ह-त्या गरेको प्रहरी उपरीक्षक देउवाले बताए। प्रहरी जवान साउद उम्केर भा-गेका थिए तर तस्करले ल-खेट्दै गएर उनको पनि ह-त्या गरे।

अलगअलग ठाउँमा ह-त्या गरेपछि दुवैजनालाई उखुबारी छेउमा खाल्डोजस्तो ठाउँमा ल्याएर सुरुमा त्यहाँ जमिनमुनि गाड्ने प्रयास गरेको ह-त्यामा संलग्नले बयान दिएका छन्। जमिनमा गाड्दा थाहा पाउने आशंकाले उनीहरूले नदीको बीच भागमा खाल्डो खनेर गाड्ने सोच बनाए।

सुरुमा साउदलाई नदीको बीच भागमा खाल्डो खनी गाडे। त्यसपछि त्यसको करिब ५० मिटर दक्षिणतिर नदीको बीच भागमा असई विकलाई खाल्डो खनेर गाडेको उनीहरूले बयान दिएका छन्। नदीमा शव गाडेपछि उनीहरूले माटो खनेर ल्याएर रगत छोपेका थिए। ‘घटना ढाकछोप गर्न सकेसम्म कुनै सबुत प्रमाण बाँकी नरहून् भनेर धेरै प्रयास गरेको देखिन्छ’, देउवाले भने। उनीहरूले दुई प्रहरीको ह-त्या गरेपछि गोरुगाडामा राखेर मटर भारत पुरयाएको बयान दिएका छन्।

ह-त्यामा संलग्न दुईजनाले नदीको बीचभागमा गाडेको स्थान देखाएपछि मंगलबार बिहान प्रहरी जवान साउदको शव फेला परेको प्रहरीले जनाएको छ। असई विकको शव यसअघि नै फेला परेको थियो। ह-त्यापछि तस्करले असई विकको पेस्तोल र मोबाइल नदीमा फालेका थिए। मंगलबार पेस्तोल पनि फेला परेको छ।

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख उत्तम सुवेदीले तस्करीको समान नियन्त्रणमा लिन खोज्दा तस्कर समूहले फरुवाले हानेर असई विक र प्रहरी जवान साउदको ह-त्या गरेको बताए। असई विकले पेस्तोल झिक्ने मौका नपाउँदै आ-क्रमण भएको उनले बताए।

‘पेस्तोल झिक्ने मौका नै पाएनन्। तस्करहरूहरूले जे हातमा छ, त्यसैले एक्कासि प्र-हार गरे’, सुवेदीले भने, ‘फरुवाले टाउकोमा र घाँटीमा हिर्काएर ह-त्या गरेको बुझिएको छ।’ असई विक र प्रहरी जवान साउदको शव घाटी पूरै काटिएको अवस्थामा फेला परेको थियो।

प्रकाशित : बुधबार, कार्तिक ०५, २०७७०९:०८

रानीपोखरी र दरबार हाइस्कुल पुनः निर्मणको उद्घाटन गरिँदै