शल्यक्रिया नै नगरी सुमिताले एकैपटक जन्माइन् तीन छोरा !

काठमाडौँ – रुकुमकी एक महिलाले तिम्ल्याहा सन्तानलाई जन्मदिएकी छन्। रुकुम सिस्ने गाउँपालिका–३ पोखराकी एक महिलाले शल्यक्रिया बिना नै तिम्ल्याहा सन्तानलाई जन्मदिएकी हुन्।

शल्यक्रिया बिना नै तिम्ल्याहा सन्तान जन्माउने महिला रुकुम सिस्ने गाउँपालिका–३ पोखराकी ३१ वर्षीया सुमिता बोहोरा रहेकी छन्। उनले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा तीन सन्तान जन्माएकी हुन्।

उनले मंगलबार दिउँसो १ मिनेटको अन्तरमा तीन सन्तानलाई जन्म दिएकी हुन् । ३१ हप्ता ३ दिनमा प्रसव बेथा लागेपछि अस्पताल भर्ना भएकी बोहोराले दिउसो १२ बजेर ३८ मिनेटमा पहिलो शिशु र १२ बजेर ३९ मिनेटमा दोस्रो र तेस्रो सन्तान जन्माएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार पहिलो बच्चाको तौल १ केजी ४ सय २० ग्राम, दोस्रो १ किलो ४ सय ८५ ग्राम र तेस्रो १ किलो ३ सय ६५ ग्राम रहेको छ । आमा र सबै शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। सुमिताले जन्माएका तीनवटै शिशु छोरा छन्।

प्रकाशित : बुधबार, कार्तिक ०५, २०७७१३:०५

‘जनताको ज्यान जोगाउन अरू सबै खर्च रोकेहुन्छ, भ्रष्टाचार/फजुलखर्च रोके पुग्छ’