पछिल्लो २४ घण्टामा अहिलेसम्म कै धेरै कोरोना संक्रमितको मृत्यु !

कोरोना संक्रमणको कारण पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमितको मृ-त्यु भएको छ। आज देशभर २६ जना कोरोना संक्रमितको मृ-त्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देशभर २२ जनाको ज्यान गएको जानकारी दिएका छन्। योसँगै हालसम्म कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या ७९१ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा उपत्यकामा ३ हजार १७ जना सहित देशभर ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएकामध्ये काठमाडौंका मात्र २३९१ जना रहेका छन्। त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा १७३ र ललितपुरमा ५४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८७२  पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ९९६  जना कोरोना मुक्त भएको छ। जससँगै कोरोनामुक्त हुनेको सङ्ख्या ९९ हजार ६५ पुगेको छ। हाल देशभर ४४ हजार ४७६ जना सक्रिय सङ्क्रमित रहेका छन्।

प्रकाशित : बुधबार, कार्तिक ०५, २०७७१६:४२

पहिरोपीडितको व्यथा : त्रिपालभित्र जमरा राखेर दशैँ