सूर्य हाम्रो सौर्यमण्डलको केन्द्रमा रहेको तारा हो जसलाई घाम वा सुर्जे पनि भन्ने गरिन्छ। पृथ्वी लगायत धेरै ग्रह, ग्रहिका, उल्कापिण्ड, पुच्छ्रेतारा आदिहरूले यसको परिक्रमा गर्दछन्। पृथ्वीमा रहेको सम्पूर्ण जीवन सूर्यकै कारणले सम्भव भएको हो। प्राकृतिक नियम अनुसार सूर्य उदाऊँदा दिन र अस्ताऊँदा रात हुने गर्छ। आज हामी तपाईहरुलाई यस्ता केही देशहरुको बारेमा बताउन जाँदै छौँ जहाँ कुनै पनि समय सूर्य अस्त हुँदैन। यी अनौठा देशहरुको बारेमा जान्नुहोस्।
नर्वे : यो देशमा अंग्रेजी महिना अनुसार मे देखि जुलाईको बिचमा पर्ने करिब ७६ दिन सुर्य अस्त हुँदैन। यस समयमा विभिन्न देशबाट थप्रै पर्यटकहरु घुम्न आउने गरेका छन्।
आईसल्याण्ड : यो ग्रेट ब्रिटेन पछिको यूरोपको सबैभन्दा ठूलो टापू हो। यहाँ मेको सुरुवात देखि जुलाईको अन्तिम सम्म सूर्य अस्त हुँदैन। कुनै समय समयमा सूर्य आधी रातमा डुब्ने र विहान तिन बजेनै उदाउने गर्छ।
फिनल्याण्ड : हजारौं ताल र टापुहरूले सजिएको यो देश निकै सुन्दर र आकर्षक मान्ने गरिन्छ। यो देशमा गर्मि मौसममा करिब ७३ दिन सूर्य अस्त हुँदैन।
अलास्का: यहाँ थुप्रै सुन्दर टापूहरु अवस्थित छ जसले यो देशलाई विश्वभर चिनाउन सफल भएको छ। यहाँ अंग्रेजी महिनाको मे देखि जूलाईको बीच करिब १४४० घण्टाको एक दिन हुने गर्छ जसबेला लामो समय सम्म सूर्य अस्त हुँदैन।
क्यानाडा: संसारको दोस्रो ठूलो देश क्यानेडामा गर्मिको समयमा लगातार ५० दिनसम्म सूर्य अस्त हुँदैन।