एजेन्सी- मुस्लिलले हिन्दू मन्दिरको सम्रक्षण गरिरहेको सुन्दा जो-कोहिलाई पनि अचम्म लाग्न सक्छ। दुई फरक धर्म रहेका छन्। अझ भनौं मुस्लिलहरु धर्मको नाममा केहि बढीनै कट्टर हुने गर्छन्। तर भारतको असाम गुवाहाटीमा रहेको एक हिन्दू मन्दिरको सम्रक्षण पुस्तौं-पुस्ता देखि एक मुस्लिम परिवारले गरिरहेको छ।
गुवाहाटीमा रहेको एक शिव मन्दिर धेरै वर्ष देखि एक मुस्लिम परिवारको सम्रक्षणमा रहेको छ। त्यस मन्दिरमा मुस्लिम र हिन्दु दुवै धर्मावलम्बीहरु जाने गरेको भारतीय मिडियाहरु बताउँछन्।
मुखिया मतिबर रहमानका अनुसार मन्दिर लगभग ५०० वर्ष पूरानो रहेको छ। उनी भन्छन्,” यो मन्दिर लगभग ५०० वर्ष पूरानो हो। हाम्रो परिवारले मन्दिरको रेखदेख धेरै समय देखि गर्दै आएको छ। यहाँ सबै धर्म मान्नेहरु प्रार्थनाको लागि आउने गर्छन्।”
मन्दिर उनै मतिबर रहमानको घर नजिकै रहेको छ। आफ्नो पुर्खाले मन्दिरको रेखदेख गर्दै आएको हुँदा मतिबर रहमानले पनि अहिले मन्दिरको रेखदेख आफैं गर्दै आएका छन्। यति मात्र नभई मतिबर रहमान बिहान-बेलुका नमाज पश्चात मन्दिरको साफ-सफाई पनि गर्छन्।
Assam: A Muslim family looks after a Shiva temple for last 500-year in Rangamahal village, Guwahati. The caretaker Matibar Rehman says,’ It’s a 500-year-old temple, our family looks after the temple. People from both the religions- Hindu and Muslim- come here to offer prayers.’ pic.twitter.com/6HZTGtPhAy
— ANI (@ANI) March 2, 2019
मतिबर रहमानका अनुसार यो मन्दिरको रेखदेख उनका पिताले गरेका थिए। उनी भन्छन्,”मन्दिरको रेखदेख मेरो पिताले गर्दै आउनुभएको थियो। उहाँको निधन पनि मैले गरिरहेको छु। मेरो पनि निधन पछि मन्दिरको रेखदेख मेरो छोरा-नातिले गर्नेछन्।”