यो कुरामा कसैले पनि अचम्म मान्नु आवश्यक हुँदैन कि वैज्ञानिकहरुले दिनानु दिन नँया कुराको अविष्कार गरिरहेका हुन्छन् । उनीहरुले सधै आफ्नो तेज दिमागको प्रयोग गरि विभिन्न कुराहरुको खोज तथा अनुसन्धान गरि केही नँया वस्तु आविष्कार गर्ने गर्छन ।
आज हामी तपाईहरुलाई वैज्ञानिक द्वारा निर्मित अनौठा केही जनावरहरुको बारेमा बताउन जाँदै छौँ जुन झट्ट सुन्दा मानब निर्मित सोचेपनि यी वैज्ञानिक द्वारा निर्मित वास्तबिक जनावर हुन् । उनीहरुले बनाएका यी जनावरहरुको बनोट शैली वास्तबिकको तुलनामा केहि फरक रहेको छ।
१. कामा:
कामा एक यस्तो जनावर हो जुन भेडा र उँटको डीएनए मिश्रण गरि बनाइएको हो उँट र क्यामेल झट्ट हेर्दा एकै देखिने भएकाले उनीहरुले उत्पादन गरेको यो जनवारको प्रकृति र स्वभाब पनि यी दुई जनावरमा मिल्ने गर्छ । यी दुवैको मिश्रणबाट तयार गरिएको उक्त कामा धेरैनै रोचक देखिएको छ।
२. लायगर :
यो जनावर भाले सिंह र पोथी बाघको डीएनए मिश्रण गरि उत्पादन गरिएको छ । यो संसारका बिरालाहरुको प्रजाति मध्यको सबैभन्दा ठूलो बिरालो हो । यसको तौल लगभग ४०० किलो सम्म हुने गर्छ । बिरालोको प्रजाति मध्यको सबैभन्दा ठूलो यस बिरालोको नाम हरकुएलिस हो ।
३. जेगलियान :
यो जनावर भाले चितुवा र पोथी सिंहको डीएनए मिश्रण गरि उत्पादन गरिएको हो । यो बाघ हेर्दा जति सुन्दर देखिन्छ उतिनै डरलाग्दो समेत रहेको छ । यसको गति क्षमता अन्य जनावरको तुलनामा धेरै रहेको छ। क्यानाडाको वन्य जन्तु आरक्षण केन्द्रको संरक्षणमा उत्पादन गरिएको यस्तो बाघको संख्या अहिले सम्म जम्मा दुई मात्र रहेको छ ।
४. जोंकी:
जोंकी नामको मानब निर्मित यस जनावर गधा र जेब्राको मिश्रित रुप भएपनि प्राकृतिक स्वभाब भने यी दुवै जनावरसँग मेल खाने हुँदैन । यो प्रजाति वैज्ञानिकहरुको लामो खोज तथा अनुसन्धान बाट मात्र सफल भएको थियो जुन उनीहरुको लागि धेरै मुस्किलको कुरा थियो ।
५. डज़ो:
यो एक यस्तो प्रजाति हो जसको उत्पादन वैज्ञानिकहरुको लामो समयको अभ्यास पश्चात मात्र सफल भएको थियो । यो दुधालु गाई र याकको डीएनए मिश्रण गरि उत्पादन गरिएको हो । यो प्रजातिको जनावरको विशेषता भनेको यिनीहरु अरु प्रजातिको गाई वा चौरीको तुलनामा धेरै दुध दिने गर्छन । त्यसैले यो प्रजातिलाई संसारका हरेक व्यक्तिले धेरै मन् पराउने गरेको पाइएको छ।