बिना पानी औषधी खाँदा के हुन्छ ?

बिरामी हुँदा औषधी खान जरूरी हुन्छ। तर, औषधी खाएर मात्र निको हुँदैन तर खाने सही तरीकामा पनि ध्यान दिन आवश्यक छ। यदि तपाईंलाई छिटै निकै हुनुछ भने सहि तरिकाले औषधी खान अत्यन्त महत्वपूर्ण हुन्छ, नत्र यो असरदार हुँदैन। गलत तरिकाले औषधी सेवन गर्दा यसले गर्नु पर्ने असर नगर्न सक्छ।

धेरै व्यक्तिहरूको पानी बिना नै औषधी सेवन गर्ने बानी हुन्छ वा औषधी सेवन गरेपछि एक घुट्को मात्र पानी पिउँछन्। यस्तो गर्नु गलत बानी हो। र यदि तपाईं पनि यस्तै गर्नुहुन्छ भने यो गलत बानीको नोक्सान जान्नुहोस् –

अन्न नालीलाई गर्छ असर 

यदि तपाईं पानी बिना औषधी खानुहुन्छ भने यसले तपाईंको अन्न नालीलाई क्षति पुर्‍याउँछ। यसो गर्दा, कहिलेकाँही औषधी निल्दै गर्दा आँखाबाट आँसु आउन थाल्छ।

छाती दुखाई 

यदि तपाईंले पानी बिना ठूलो ट्याब्लेट निल्न प्रयास गर्नुभयो भने, यसले घाँटीमा जलन, छाती दुखाइ र जलन जस्ता समस्या निम्त्याउन सक्छ।

सास लिन समस्या 

श्वास नाली निकै कोमल टिश्युबाट बनेको हुन्छ, यदि औषधीको ट्याब्लेट घाँटीमा फँस्यो भने यसले घाँटीलाई ठूलो नोक्सान पुर्‍याउँछ साथै यो खतरनाक पनि हुन सक्छ। यसले तपाईको घाँटीमा अचानक तीव्र दुखाइ ल्याउन सक्छ र सास फेर्न गाह्रो हुन सक्छ।

चबाउने औषधीले पनि गर्छ नोक्सान 

पानी बिना औषधी खाँदा अन्न नालीमा अल्सर हुने सम्भावना बढ्छ। एउटा अध्ययनका अनुसार कुनै पनि प्रकारको औषधीले अन्न नालीमा अल्सर गराउन सक्छ। यो मात्र होइन, अध्ययनका अनुसार चबाएर खाने भिटामिन सी औषधीले पनि घाँटीलाई हानी पुर्‍याउँछ।

हुन्छ यस्ता समस्या 

धेरै मानिसलाई लाग्न सक्छ कि औषधी खाँदा पानी खाँदा औषधी छिटै घुल्छ। तर सत्य यो हो कि औषधी खाँदा पानी पिउनको मुख्य कारण औषधी सहि ठाउँमा पुर्याउन हो। यदि यो अन्न नालीमा अड्कियो भने छाती दुख्न थाल्छ। औषधी खाँदा तपाईं कुन स्थितिमा हुनुहुन्छ भन्ने पनि ध्यानमा राख्नु महत्त्वपूर्ण छ। औषधी खाँदा कि तँ उभिनुहोस् वा बस्नुहोस्, कहिल्यै पनि सुतेर औषधी खानु हुँदैन। डाक्टरहरुका अनुसार औषधी सुत्नु भन्दा १५ मिनेट पहिले खानुपर्छ।

प्रकाशित : बिहिबार, कार्तिक ०६, २०७७१५:०६

यसरी बेसारको सेवन गर्नुहोस्, क्यान्सर देखि मधुमेहको लागि हुन्छ लाभदायक !