प्राय: मानिस दिनको सुरुवात बिहान चिया वा कफी पिएर गर्ने गर्छन्। क्याफिनले भरपूर यो पेय एन्टिअक्सीडेन्ट र पौष्टिक तत्त्वहरूले भरिपूर्ण हुन्छ, जसको सेवनले हाम्रो शरीरमा उर्जा प्रदान गर्दछ। कतिपय मानिसलिई त बिहान टोइलेट पनि चिया वा कफी पिएपछि मात्र आउँछ। तर के तपाईंले कहिल्यै सोच्नु भएको छ कि चिया वा कफीमा त्यस्तो के हुन्छ जसको कारण चिया-कफी पिउना साथ टोइलेट लाग्ने गर्छ, विशेष गरी बिहानको समयमा।
तपाईंको इन्द्रियलाई कायाकल्प गर्नुका साथै क्याफिनले मस्तिष्कको गतिविधि र मस्तिष्कमा रगत प्रवाह बढाउँदै उत्प्रेरित गर्दछ। पर्याप्त मात्रामा क्याफिनले प्राकृतिक रूपमा तपाईंको मेटाबोलिजम परिमार्जन गर्न काम गर्दछ।
त्यस्तै, कफी र चियामा हुने क्याफिनले बिहान तपाईंको बाउल मोमेन्ट सजिलो बनाउन सहयोग गर्दछ। तातो तरल पदार्थले भासोडिलेटरको रूपमा काम गर्दछ, जसको मतलब यसले पाचन प्रणालीको रक्तवाहिकाहरूलाई फराकिलो पार्नका साथै पेटको समस्याहरूलाई पनि कम गर्दछ।
चिया-कफी र अन्य तातो पदार्थ
चिया र कफी मात्र होईन, यदि तपाईंलाई विशेष गरी बिहान मल छोड्न कुनै समस्या छ भने एक गिलास तातो पानीले तपाईंको पेटलाई दबाब दिन्छ। विज्ञहरूका अनुसार “तातो पेय पदार्थले पाचन प्रणालीको संकुचन र विश्राममा मद्दत गर्दछ, जसले मललाई मल बाहिर निकाल्न मद्दत गर्दछ।”
पाचनसँग सम्बन्धित एक प्रक्रिया हुन्छ, जसलाई पेरिस्टालिसिस भनिन्छ। यो फोहोर सामग्रीको उन्मूलनका लागि अन्तिम प्रक्रिया हो, जस अन्तर्गत यो प्रक्रियाले आंतहरूका वरिपरि प्राकृतिक छालहरू उत्पन्न गर्दछ। र आन्द्राको वरिपरि रहने खानाको अपशिष्ट भागलाई क्रमबद्ध रूपमा अलग गर्छ। क्याफिनको सेवनले पेटमा संकुचन हुन्छ जसले मल पदार्थ छाड्ने चाहनालाई तीव्र पार्छ र यी अनावश्यक पदार्थहरू उत्सर्जन गर्न एक मार्ग प्रदान गर्दछ।
तपाईं र तपाईंको पेटलाई आदिक सक्रिय राख्छ कफी
कफी क्याफिनको मुख्य स्रोत हो। क्याफिनले तपाईंलाई सक्रिय राख्नको लागि एक ऊर्जावान पेयको रूपमा काम गर्दछ। एक कप तातो कफीमा करीव ९५ मिलीग्राम क्याफिन हुन्छ। क्याफिनले मललाई त्याग्न पेटमा दबाब दिन्छ। धेरै अनुसन्धानका अनुसार कफीमा रहेको क्याफिनले तपाईंको पेट र आन्द्राको मांसपेशीहरूमा संकुचन बढाउँदछ।
हाइड्रेटेड रहनुहोस्
चियालाई कब्जियतको समस्या समाधान गर्ने पुरानो उपचार मध्ये एक मानिन्छ। नियमित रूपमा तरल पदार्थहरू जस्तै पानी र चियाको खपतले कब्जियत जस्ता समस्याबाट छुटकारा दिन्छ। यदि तपाईंले आफूलाई अधिक हाइड्रेटेड राख्नुभयो भने तपाईंको आन्द्रा बढी लुब्रिकेटेड हुन्छ जसले सजिलोसँग मल शरीर बाहिर आउने मार्ग सुनिश्चित गर्दछ।
फाइबर युक्त भोजन
स्टूल पास गर्न कुनै बाह्य उत्तेजकको आवश्यकता नपरेको व्यक्तिहरूले बाउल मोमेन्टको लागि क्याफिन वा तातो तरल पदार्थमा निर्भर हुनु हुँदैन। यदि केहि मानिसहरुलाई मल त्याग्न कुनै प्रकारको समस्या छ भने एक पटक डाक्टरसँग परामर्श गर्नु आवश्यक हुन्छ। त्यस्तै, फाइबरयुक्त फलहरू र तरकारीहरू उपभोग गर्नुपर्छ। फाइबरले पनि तपाईंको पेट सफा राख्न मद्दत गर्दछ।