बेसारको फाइदाको बारेमा धेरैलाई थाहा नै होला, यसमा रहेका एन्टिब्याक्टेरियल र एन्टीसेप्टिक गुणहरूले हामीलाई थुप्रै स्वास्थ्य समस्याबाट बचाउँछ। तर के तपाईंलाई थाहा छ कि यसको औषधीय गुणलाई ध्यानमा राख्दै यसको तरकारी पनि खाइन्छ।
काँचो बेसारको तरकारी पनि बनाउन सकिन्छ। बेसारको तरकारीले जाडोमा चिसो र मौसमी रोगबाट बचाउन र शरीरको प्रतिरोध क्षमता बढाउन मद्दत गर्दछ। काँचो बेसार अदुवा जस्तै देखिन्छ। यसलाई दुधका उमालेर, चामलको परिकारमा, अचारको रूपमा, चटनीको रूपमा वा सूप बनाएर सेवन गर्न सकिन्छ। बेसारको तरकारी बनाउने विधि र यसको फाइदाहरूको बारेमा थाहा पाउनुहोस्।
सामग्री
- काँचो बेसार- २५० ग्राम
- एउटा प्याज
- अदुवा- १०० ग्राम
- ६ दाना पिसेको लसुन
- आधा चम्चा जीरा
- ५ वटा ल्वांग
- १ चिम्टी हिंग
- आधा चम्चा गरम मसला पाउडर
- डेढ चम्चा रातो खुर्सानीको पाउडर
- १ चम्चा सुपको पाउडर
- २ चम्चा धनिया पाउडर
- आधा चम्चा अलैंचीको पाउडर
- हरियो धनिया र मरिच
- घिउ- २०० ग्राम
- टमाटर- २५० ग्राम
- ८-१० वटा हरियो खुर्सानी
- दही- ४००-५०० ग्राम
तयार गर्ने तरिका
काँचो बेसारको तरकारी बनाउनको लागि पहिल एक प्यासनमा घिउ तताउनुहोस् र काँचो बेसारलाई राम्रोसँग पकाउनुहोस्। त्यसपछि, यसलाई निकालेर एउटा प्लेटमा राख्नुहोस्। अब प्याज भुट्नुहोस्। जब प्याज हल्का खैरो हुन्छ तब यसलाई पनि निकाल्नुहोस् र छुट्टै प्लेटमा राख्नुहोस्। अब एउटा कचौरा लिनुहोस् र यसमा दही राख्नुहोस् र खुर्सानीको पाउडर, धनिया, नुन थप्नुहोस् र राम्रोसँग मिक्स गर्नुहोस्।
अब ग्यासमा प्यानमा घिउ तताउनुहोस्, पहिले यसमा सुप राख्नुहोस्। त्यसपछि, यसमा अदुवाको पेस्ट हाल्नुहोस्। यसलाई केहि समय भुटेपछि गरम मसला, जीरा, पिसेको लसुन, हरियो खुर्सानी राख्नुहोस् र केहि समय भुट्नुहोस्। त्यसपछि, यसमा दही वाला पेस्ट मिलाउनुहोस्।
अब उक्त मिश्रणमा पहिले फ्राई गरेको प्याज मिलाउनुहोस्। अब यसलाई १ मिनेटसम्म पकाएपछि टमाटर मिसाउनुहोस् र यसमा बेसार पनि हाल्नुहोस्। अब फेरी केहि समय पकाउनुहोस्। अब यसमा धनिया हालेर १० मिनेटसम्म छोपेर पकाउनुहोस्। अब यसमा फ्राई गरेको काँचो बेसार मिलाउनुहोस् र १ मिनेटसम्म अझ पकाउनुहोस्। अब तपाईंको बेसारको तरकारी तयार भएको छ।
फाइदा:
क्यान्सर
काँचो बेसारमा क्यान्सरसँग लड्ने गुणहरू हुन्छ। यसले विशेषगरी पुरुषमा हुने प्रोस्टेट क्यन्सारको क्यान्सर सेल बढ्नबाट रोक्दछ। बेसारले विकिरणको संक्रमणको कारण हुने ट्यूमरको जोखिमबाट पनि जोगाउँछ।
रोग प्रतिरोधात्मक क्षमता
बेसारमा लिपोपालिस्केराइड नामक तत्व हुन्छ, जसले शरीरमा प्रतिरक्षा प्रणालीलाई मजबूत बनाउँछ। बेसारले शरीरमा ब्याक्टेरियाको कारण हुने समस्यालाई रोक्दछ। यसमा फंगल संक्रमणबाट जोगाउले गुणहरू हुन्छन्।
मधुमेह
काँचो बेसारले इन्सुलिनको स्तर सन्तुलित राख्न मद्दत गर्छ। इन्सुलिन बाहेक यसले ग्लुकोजलाई पनि नियन्त्रणमा राख्छ, जसले मधुमेहको उपचारको प्रभावकारिता बढाउँदछ।