अनुहारको चाउरीपन हटाउने यस्तो गज्जबको तरिका [भिडियो सहित]

कर्ली कपाललाई सीधा बनाउनको लागि हेयर आइरन वा प्रेसिंग गरेको त सुन्नुभएको होला तर के यसलाई अनुहारमा प्रयोग गर्न सकिन्छ त? प्रेस र आइरन गरेर तपाईं आफ्नो क्षतिग्रस्त कपाल रेशमी र सीधा बनाउन सक्नुहुन्छ, तर कल्पना गर्नुहोस् कि यदि तपाईंले यसरी नै अनुहारको चाउरी पनि हटाउन सक्नुहुन्छ।

साँच्चै नै तपाईं यो गर्न सक्नुहुनेछ र त्यो पनि खाना खान प्रयोग गरिने साधारण चम्चाको मद्दतले। विश्वास गर्नुहोस्, यो चाउरीपना हटाउने क्रीम, लेजरहरू वा बोटोक्स उपचार जत्तिकै महँगो छैन, न त गार्हो नै छ।

तपाईंलाई यसमा कुनै महँगो कस्मेटिक आईटमहरू पनि आवश्यक पर्दैन। तपाईंलाई आवश्यक पर्छ त तातो पानीमा डुबाएको २ वटा चम्चा र कुनै मसाज तेल। जोजोबा वा जैतुनको तेल प्रयोग गर्नुहोस्, यो अझ राम्रो हुन्छ। यो कसरी गर्ने त ? भिडियो हेर्नुहोस्…

यद्यपि यसमा आइरनिंग जस्तो केहि छैन, तर तपाईंले जसरी चाउरी हटाउन अनुहारमा चम्चाको प्रयोग गर्नुहुन्छ, यसलाई फेस आइरनिंग भन्न सकिन्छ। यसलाई एक प्रकारको अनुहार व्यायाम वा योग मान्न सकिन्छ, जसले अनुहारको मांसपेशीहरूलाई आराम दिन्छ र रगत प्रवाह बढाउँदै अनुहारको चाउरीपन हटाउन मद्दत गर्दछ। यसको लागि चम्चाको मद्दत लिइन्छ।

प्रकाशित : बिहिबार, कार्तिक ०६, २०७७१६:२१

सबैभन्दा संवेदनशील हुन्छ महिलाहरुका यी ९ अंग !