किन गणेशको पूजा गर्दा तुलसीको पात चढाईदैन त ? यस्तो रहेछ धार्मिक रहस्य !

हिन्दू धर्ममा मूर्तिपूजा निकै महत्वपूर्ण रहेको छ। त्यस्तै, पूजासँग सम्बन्धित केही विशेष नियमहरू पनि छन् जुन पालन गर्नु अत्यन्त महत्त्वपूर्ण मानिन्छ। हिन्दू धर्म प्रकृतिको एकदम नजीक छ। सायद त्यसैले, पूजा प्रणालीमा फूल, पल्लव, पानी आदिको ठूलो महत्त्व छ। सनातन परम्परामा धेरै मापदण्डहरू छन् जसको पालन गर्नु अनिवार्य छ, जसमा मुख्यतया पूजाको समयमा प्रयोग गरिने वस्तुहरू र उपासनाको समय समावेश छ।

आज हामी तपाईंलाई केहि यस्ता चीजहरूको बारेमा भन्नेछौं जुन विशेष देवताहरूको लागि पूर्णतया वर्जित मानिन्छ।

एक पटक किशोर गणेश जी तपस्यामा डुबेका थिए। उनको आकर्षक स्वरूप देखेर तुलसी उनीप्रति मोहित भईन् र गणेश जीसँग विवाह गर्ने इच्छा व्यक्त गरिन्। तर गणेश जीले तुलसीको विवाह प्रस्तावलाई अस्वीकार गर्दै आफू ब्रह्मचारी भएको बताए।

यस्तोमा तुलसी क्रोधित भएर गणेशलाई श्राप दिईन् कि गणेशको दुई विवाह हुनेछ। गणेश जीले पनि तुलसीलाई श्राप दिए कि उनको विवाह असुरसँग हुनेछ। असुरसँगको आफ्नो विवाह हुने श्राप बारे सुनेर तुलसीले गणेशसँग माफी मागिन्। तर गणेश जीले श्राप फिर्ता लिन नसकिने बताए। त्यसैले, तुलसीको विवाह शंखचुड नामको राक्षससँग हुनेछ, यद्यपि, उनी श्रीकृष्ण र भगवान विष्णुको प्रिय हुनेछिन् र कलियुगमा मुक्ति पाउने माध्यम बन्नेछिन्।

श्राप दिने र श्रापलाई हटाउने तरिका देखाउँदै श्रीगणेशले भने, “तर तुलसीका पातहरू मेरो पूजामा कहिले प्रयोग हुँदैन”। यहि कारणले गर्दा अहिलेसम्म पनि भगवान श्रीगणेशको पूजा गर्दा तुलसीको पात वर्जित छ।

प्रकाशित : बिहिबार, कार्तिक ०६, २०७७१५:१३

निकै जिद्दी स्वभावका हुन्छन् यी ४ राशिका मानिस !