बालकुमारीमा बाेलेरोले दुई जनालाई ठक्कर दियो, १ जनाको मृत्यु !

काठमाडौँ – ललितपुरमा बोलेरोको ठक्करबाट एक जनाको ज्यान गएको छ। बिहिबार बिहान बालकुमारीमा एक बोलेरो गाडीले ठक्कर दिँदा एक जनाको ज्यान गएको हो।

ज्यान गुमाउनेमा ललितपुर इमाडोल निवासी ७८ वर्षीय बाबुकाजी श्रेष्ठ रहेका छन्। कुखराका चल्ला तथा दाना ढुवानी गर्ने बा १२ च ४२२८ नम्बरको बोलेरोले बिहान ५ बजेतिर ठक्कर दिंदा उनको निधन भएको ललितपुर प्रहरीले जनाएको छ।

ललितपुर प्रहरी परिसरका अनुसार बालकुमारी पुलनजिकैबाट सडक पार गरिरहेका दुईजनालाई ठक्कर दिएर बोलेरो भागेको थियो। भागेको बोलेरोलाई प्रहरीले सानेपाबाट नियन्त्रणमा लिएको थियो।

बोलेरोको ठक्करबाट ७० वर्षीय भाइलाल महर्जन गम्भीर घाइते भएका छन्। बोलेरो चालक दोलखाकाे मेलुङ-५ का कुवेर खड्कालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

प्रकाशित : बिहिबार, कार्तिक ०६, २०७७१०:३३

काभ्रेमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर