दैनिक रूपमा खानुहोस् ओखर, मिल्नेछ यस्ता फाइदा, कहिल्यै बिरामी हुनु पर्दैन !

यदि हामीलाई थकान वा कमजोरी जस्ता कुनै शारीरिक समस्या छ भने, हामी तुरुन्तै औषधी लिन्छौं, किनकि औषधीले नै केही समयमै प्रभाव पार्छ। तपाईं पनि यस्तै सोच्नुहुन्छ भने यो गलत हो। किनभने केवल औषधीमा मात्र रोगलाई सकेसम्म चाँडो निको पार्ने क्षमतामा हुँदैन। यो क्षमता अन्य प्राकृतिक खाद्यहरूमा पनि हुन्छ।

आज हामी तपाईंलाई यस्तै एउटा खाद्यान्न वस्तुको बारेमा बताउन गइरहेका छौं जसको सेवनले चार घण्टा भित्र तपाईं विभिन्न रोगहरूबाट मुक्त हुन सक्नुहुन्छ।  हामी ओखरको कुरा गरिरहेछौं। ओखर खाएको चार घण्टा भित्र हामी बिभिन्न रोगहरूबाट छुटकारा पाउन सक्छौं। यसको कारण हो, ओखरमा फ्याट हुँदैन जसले शरीरलाई हानी गर्दछ।

फाइदा 

कोलेस्ट्रोल 

ओखरको सेवनले शरीरमा कोलेस्ट्रोलको नियन्त्रण गर्छ, जसले हृदय सम्बन्धि रोगहरूबाट टाढा राख्छ। यदि तपाईं प्रतिदिन ओखर सेवन गर्नुहुन्छ भने तपाईंलाई ह्रदय रोग लाग्ने सम्भावना निकै कम हुन्छ।

‘थर्मोजेनिक’ तत्व

विज्ञहरूका अनुसार ओखरमा एक निश्चित प्रकारको तत्व हुन्छ, जसलाई मेडिकल भाषामा ‘थर्मोजेनिक’ भनिन्छ। यस तत्वले शरीरमा उपस्थित बोसोलाई काट्छ, विशेष गरी हाम्रो हृदयको रक्तनलीमा बढ्ने फ्याटलाई हटाउँछ।

मस्तिष्कको लागि 

ओखर दिमाग बढाउनका लागि उपयोगी छ। ओखरको आकार पनि मानव दिमागमा मिल्दोजुल्दो हुन्छ। यसको सेवनले हाम्रो स्मरण शक्ति बढ्छ।

थकान दूर गर्न 

स्वास्थ्य विज्ञहरूका अनुसार दैनिक रूपमा ओखरको सही मात्रामा सेवन गर्ने हो भने कसैले थकित महसुस गर्नु हुँदैन। यसमा नून पनि समावेश हुन्छ। त्यसैले, यदि तपाईंले दिनभर नून खानुभएको छैन भने पनि ओखरको सेवनले यो पूरा गर्दछ।

मजबूत हड्डी 

यसमा रहेको क्याल्सियमले तपाईंको हड्डीहरूलाई मजबूत बानाउँछ।

वजन कम गर्न 

वजन कम गर्न बजारबाट मानिस विभिन्न प्रकारका औषधी र सप्लीमेन्ट्स प्रयोग गर्छन्। तर दैनिक रूपमा ओखरको सेवन गर्ने हो भने यो वजन कम गर्नको लागि पनि निकै मद्दतगार हुन्छ।

रक्तचाप 

ओखरको सेवनले मस्तिष्क सम्बन्धित गतिविधि तेज बनाउँछ, स्मरण शक्तिको वृद्धि, रगत सफा, शरीरमा रगत प्रवाह सुधार गर्दछ। कम रक्तचाप, रगत जमाउने, आदिको रोगबाट राहत दिन्छ।

प्रकाशित : बिहिबार, कार्तिक ०६, २०७७१४:३४

किसमिसले पूरा गर्छ शरीरमा रगतको कमी, यस्ता छन् यसको लाभ !