के हो आँखाको भाषा ? आँखाले के भन्छ ? यस्तो छ रहस्यमय ज्ञान

काठमाडौँ : आँखाले सामान्यतया: व्यक्तिको स्वभाव र व्यक्तित्वको बारेमा बताउँछ। आँखाको रङ, आँखाको चाल र आँखाको आँसुले धेरै कुरा बताउँछ। यदि आँखालाई पढ्न सकेमा अगाडीको व्यक्तिको मनको कुरा पनि सजिलै जान्न सकिन्छ। प्रेम र सम्बन्धको मामिलामा आँखाको भाषा जानेमा सवाल बिना नै तपाईले उत्तर पाउन सक्नुहुन्छ। तपाईले यो पनि जान्न सक्नुहुन्छ कि तपाईलाई प्रेम गर्नेले तपाईलाई कति सच्चा प्रेम गर्छन्।

तपाई जसलाई प्रेम गर्नुहुन्छ यदि ऊ तपाईसँग सिधा-सिधा आँखा जुधाई कुरा गर्छ भने…

यस्तो अवस्थामा ऊ अत्यन्तै स्पष्ट विचार भएको व्यक्ति भएको बुझ्न सकिन्छ।

 तर ऊ सजिलै प्रेममा पर्दैन, र ऊसँग प्रेमको लागि समय पनि छैन।

 यस्ता व्यक्तिसँग प्रेममा पर्नको लागि अत्यन्तै धैर्यपूर्वक काम गर्नु पर्दछ र नियमित ऊसँग सम्पर्कमा रहनुपर्छ।

तपाईलाई जसलाई प्रेम गर्नुहुन्छ यदि ऊ तपाईसँग आँखा जुधाउदैन…

यस्तो अवस्थामा उसको मनमा तपाईको लागि भावनाहरु छ भन्ने बुझ्न सकिन्छ।

यस्तो अवस्थामा तपाईले तुरुन्तै आफ्नो भावनाहरु व्यक्त गर्नुपर्छ, अन्यथा ढिलाई हुन् सक्छ।

आफ्नो प्रेम व्यक्त गर्नु अघि उसको स्वभाव अवश्यै जान्नुहोला।

तपाई जसलाई प्रेम गर्नुहुन्छ यदि ऊ तपाईको अगाडी पर्दा उसको आँखामा कहिलेकाहीं आँसु आउँछ भने…

यस्तो अवस्थामा ऊसको मनमा प्रेम पनि छ र तपाई माथि निर्भरता पनि छ भन्ने बुझ्न सकिन्छ।

प्रेमको भावना व्यक्त गर्न अलि कति पनि विलम्ब नगर्नुहोस्, तुरुन्तै भन्नुहोस्।

यस्तो व्यक्तिले सामान्यतः प्रेम पनि गर्छन् र प्रेम सम्बन्ध निभाउँछन् पनि।

तपाई जसलाई प्रेम गर्नुहुन्छ यदि उसले बारम्बार आँखा झिम्काउँछ(आँखा खोल्नु र बन्द गर्नु) भने…

यस्तो अवस्थामा तपाईले ऊ अत्यन्तै चञ्चल मन भएको व्यक्ति हो भन्ने बुझ्नु पर्छ।

यदि तपाई आफ्नो प्रेम व्यक्त गर्न चाहनुहुन्छ भने अत्यन्तै सोचविचार गरेर मात्र गर्नुहोला।

यस्ता व्यक्तिहरु पटक-पटक प्रेम गर्छन् र उनीहरुको प्रेम स्थिर हुँदैन।

आँखाको भाषा पढ्न मुश्किल भएमा…

कन्या, वृश्चिक र कुम्भ राशिका व्यक्तिहरुका स्वभाव सामान्यतया: रहस्यमय हुन्छ।

उनीहरुका आँखा पढ्न अत्यन्तै गाह्रो हुन्छ, उनीहरुलाई आँखाबाट बुझ्न सकिदैन।

 तपाई जसलाई प्रेम गर्नुहुन्छ यदि उसको राशि कन्या, वृश्चिक या कुम्भ भएमा उसको औंला अवश्य हेर्नुहोला।

यदि औंला लामो भएमा व्यक्ति ईमान्दार हुन्छ अन्यथा ऊबाट टाढा रहनु नै भलो हुन्छ।

प्रकाशित : बिहिबार, कार्तिक ०६, २०७७११:५७

मोडल बन्ने सोचमा बनिन् कुरूप र कंकाल, कारण थाहा पाउनु भएमा अचम्मित रहनु हुनेछ !