३५ सय वर्ष अगाडी यसरी गरिन्थ्यो महिलाहरुको गर्भ परीक्षण ? हेर्नुहोस्

काठमाडौ । अहिलेको समयमा महिलाको गर्भ रहे नरहेको परिक्षणको लागी विभिन्न किसिमका उपकरणहरु आएका छन् । जसले गर्दा गर्भमा छोरा वा छोरी भएको सजिलै थाहा पाउन सकिन्छ । तर कसैको पनि दिमागमा आएको छैन् होला यो प्रश्न । आज भन्दा ३५ सय वर्षअघि कसरी थाहा पाउथे होला मानिसहरु महिलाको गर्भ रहे नरहेको कुरा ? कि महिलाहरुको गर्भ परिक्षण नै हुदैनथ्यो ? यो एक अनौठो प्रश्न हो ।

तर यो प्रश्न गरिरहदा आज भन्दा ३५ सय वर्ष पहिले पनि महिलाहरुको गर्भ परीक्षण हुन्थ्यो । यतिमात्र होइन त्यस समयमा पनि गर्भको बच्चा छोरा वा छोरी के हो ? त्यो समेत पत्ता लगाउने घरेलु उपायहरु थियो ।

त्यसोभए कसरी गरिन्थ्यो त गर्भ परिक्षण ?
न्यू किंगडम युगको लिखित दस्तावेज अनुसार प्राचीन मिश्र सभ्यतामा महिलाहरुको गर्भ परीक्षणका साथै आँखाको रोग सम्बन्धी परीक्षण तथा उपचार समेत गर्ने प्रचलनमा रहेको थियो । इशापूर्व १५ सय देखि इशापूर्व ३ हजारको बीचको समयमा महिलाहरुको गर्भ परीक्षणका लागि पिसावको प्रयोग गर्ने प्रचलन रहेको थियो।

महिलाको पिसाबलाई गहुँ र जौँ राखिएको एउटा झोलामा खन्याएर केही समय राख्ने गरिन्थ्यो । त्यसपछि झोलालाई खोलेर हेर्दा यदि झोलाभित्र राखिएको गहूँ वा जौँ टुसाएको छ भने ती महिला गर्भवती भएको प्रमाणित हुन्थ्यो । यदि बीउ टुसाएन भने महिलाको पेटमा गर्भ नरहेको प्रमाणित हुन्थ्यो । त्यस्तै यदि यसरी राखिएको गहुँ र जौँ मध्ये गहुँमात्र टुसाएमा गर्भमा छोरी रहेको र जौँ टुसाएमा चाहीँ छोरा भएको पहिचान हुन्थ्यो ।

प्रकाशित : बिहिबार, कार्तिक ०६, २०७७१५:४७

एक महिना भित्र वजन बढाउनको लागि के-कुरामा ध्यान दिनुपर्छ त? जान्नुहोस्