शरीरका सम्पूर्ण रोगहरुको महाकाल: सख्खर र जीराको चमत्कारिक पानी !![बनाउने विधि सहित]

हामीले खानामा नियमित रुपमा प्रयोग गर्ने केही पदार्थहरुले शरीरको विभिन्न रोगहरु हटाउन तथा रोक्नमा सहयोग गर्दछ । हामी आधुनिक डाक्टर र औषधिप्रति यति निर्भर भईसकेका छौं कि, सानेतिनो बिरामी हुदाँ पनि आफ्नो मुल्यवान समय र पैसा खेर फाल्छौं । तपाइँले कहिल्यै सोच्नुभएको छ ? हामीले भान्सा कोठामा प्रयोग गर्नै केही यस्ता पदार्थहरु छन् , जस्मा औषधिको गुण हुन्छ । ति पदार्थहरुको सहायताले हामी बिभिन्न रोगहरुबाट छुट्कारा पाउन सक्छौं । तपाइँलाई थाहा छ ? सख्खर र जीरामा पनि औषधिको गुण हुन्छ, जुन तपाइँको स्वास्थ्यको लागि लाभकारी हुन्छ । सख्खर र जीराको मिश्रण पानीले हाम्रो गम्भिर रोगहरु हटाउन मद्धत गर्दछ ।

सख्खर र जीराको मिश्रित पानीबाट हुने फाईदाहरु:-

शरीरको दुखाई कम गर्छ:

सख्खर र जीराको मिश्रण पानीले ढाड र कम्मरको दुखाई कम गर्छ ।

ज्वरो:

ज्वरो आउँदा सख्खर र जीराको मिश्रण पानी पिउनुहोस् । यस्ले तपाइँलाई टाउको दुखाई र ज्वरोबाट आराम दिलाउँछ ।
शरीरको तापक्रम कम गर्छ:

ज्वरो आउँदा तपाइँको शरीर तात्छ, यो प्राकृतिक पेय पदार्थले शरीरको तापक्रमलाई घटाउँछ । जस्ले गर्दा ज्वरो , टाउको दुखाई र जलनबाट राहत मिल्छ ।

रक्तअल्पताबाट बचाउँछ:

सख्खर र जीराको मिश्रण पानी रगतको कमीलाई पुरा गर्छ । साथै यस्ले रगतले सफा पनि गर्छ ।

शरीरलाई विषालु पदार्थबाट मुक्ति दिन्छ:

सख्खर र जीराको मिश्रण पानी प्राकृतिक गुणले भरिपूर्ण हुन्छ । जस्ले हाम्रो शरीरको गन्धलाई सफा गरी रोग प्रतिरोधात्मक शक्तिलाई बढाउँछ । यसैकारणले गर्दा हाम्रो शरीरलाई कुनैपनि रोगले चाडैं छुन सक्दैन ।

कब्जियतलाई रोक्छ:

आयुर्वैदमा पनि भनिएको छ , सख्खर र जीराको मिश्रण पानीले कब्जियत हुनबाट बचाउँछ । किनकि यस्ले मल त्याग प्रक्रियालाई नियमित गराउँछ ।

पेटको समस्या:

पेटको विभिन्न प्रकारको समस्याहरु जस्तै; कब्जियत , ग्याष्ट्रिक , पेट दुखाई आदिलाई पनि सख्खर र जीराको मिश्रण पानीले आराम दिलाउँछ । साथै यो रोगलाई पनि विस्तारै निको पार्छ ।

रजस्वला सम्बन्धि समस्या:

रजस्वलामा अनियमितता हुनासाथ पेट दुख्ने समस्याहरु देखापर्छन् ।यस्ता समस्याहरुबाट मुक्ति पाउन पनि बिशेष गरेर महिलाहरुले सख्खर र जीराको मिश्रण पानी पिउनु स्वास्थ्यको लागि राम्रो हुन्छ ।

सानोतिनो समस्याहरु यदि समयमा नै ठिक गर्न सक्यौं भने मात्र ठूल्ठूला रोगहरुबाट छुट्कारा पाउन सक्छौं । त्यसकारणले गर्दा पनि सख्खर र जीराको मिश्रण पानी तपाइँलाई आवश्यक छ ।

प्रकाशित : बिहिबार, कार्तिक ०६, २०७७१७:०१

चायाबाट राहत पाउनको लागि यसरी गर्नुहोस मरिचको प्रयोग!