मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
व्यापार व्यवसाय क्षेत्रमा समय अनुकूल रहनेछ। अनावश्यक वाद-विवादमा नपर्नुहोला। कार्य सफलता चाँडै प्राप्त हुनेछैन, तर मध्यान्हपछि स्थिति सुधार हुनेछ। गृहस्थजीवनमा रमाइलो वातावरण हुनेछ। आर्थिक लाभ प्राप्त हुनेछ। पदोन्नतीको सम्भावना पनि छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। नयाँ कार्य सुरु गर्नको लागे दिन शुभ छैन। क्रोध तथा वाणीमा संयम राख्नुहोला। खानपानमा विशेष ध्यान दिनुहोला। काममा सफलता प्राप्त गर्न ढिलाइ हुन सक्छ। परिवारका सदस्यसँग मनमुटाव हुनसक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
स्वदोष्ट तथा उत्तम भोजनका साथै नयाँ वस्त्र पाएर तपाईं प्रशन्न रहनुहुनेछ। साथी-भाईसँग रमणीय यात्राको योग बन्नेछ। मध्यान्हपछि मानसिक तनाब बढ्न सक्छ। खर्चमा वृद्धि हुनेछ। अनैतिक र निषेधित कार्यहरूबाट टाढा रहनुहोस्। धार्मिक कार्यमा मन लाग्नेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
व्यापार व्यवसायमा वातावरण अनुकूल रहनेछ। माइती पक्षबाट राम्रो समाचार पाउनुहुनेछ। पारिवारिक वातावरण पनि अनुकूल हुनेछ। तपाईं शारीरिक र मानसिक रूपले स्वस्थ रहनुहुनेछ। सामाजिक क्षेत्रमा मान-सम्मान मिल्मेछ। कार्यक्षेत्रमा सहकर्मीबाट भरपूर साथ सहयोग मिल्नेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
क्रोधमा संयम राख्नुहोला। स्वास्थ्यमा समस्या आउनसक्छ, विशेषगरी पेट सम्बन्धि समस्याले सताउन सक्छ। मध्यान्हपछि परिवारमा हर्ष र रमणीय वातावरण हुनेछ। मानसिक रूपमा स्फूर्त तथा प्रशन्न महसुस गर्नुहुनेछ। व्यापार व्यवसायमा लाभ मिल्ने सम्भावना छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
शारीरिक उर्जा र मानसिक उत्साह र चेतनाको अभाव हुनेछ। सामाजिक क्षेत्रमा अपमान हुनसक्छ, ध्यान दिनुहोस्। धनहानि हुने सम्भावना रहेको छ। तपाईंको रिसलाई नियन्त्रण गर्नुहोस्। सन्तानको बारेमा चिन्ता बढ्नेछ। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
नयाँ काम सुरू गर्न दिन राम्रो छ। प्रिय व्यक्तिसँगको भेट रमाईलो हुनेछ। भाग्यवृद्धिको योग रहेको छ। तपाईले सामाजिक सम्मान पाउनुहुनेछ। शारीरिक रूपले अस्वस्थ महसुस हुनेछ। पारिवारिक वातावरण अशान्तिपूर्ण हुनेछ। आमाको स्वास्थ्य पनि बिग्रन सक्छ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
निर्धारित कार्य पूरा नहुँदा निराशाको अनुभव हुनेछ। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ छैन। परिवारमा अशान्तिपूर्ण वातावरण रहनेछ। प्रतिस्पर्धीहरूलाई हराउन सक्षम हुनु हुनेछ। शारीरिक तथा मानसिक रूपले तपाईं स्वस्थ रहनुहुनेछ। यात्राको योग बन्नेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
शारीरिक र मानसिक रूपमा उत्साहित रहनुहुनेछ, त्यसैले तपाईं प्रत्येक कार्य गर्न उत्साहित हुनुहुनेछ। धन प्राप्तिको योग रहेको छ। रमणीय यात्राको सम्भावना देखिन्छ। अत्यधिक खर्च वा अनावास्क्यक खर्च हुन सक्छ। घर तथा व्यवसायिक स्थलमा कार्यभार बढ्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
बोलीमा संयम राख्नुहोस्। क्रोधको मात्र अत्यधिक रहनेछ, त्यसैले व्यर्थको झगडामा नपर्नुहोला। मध्यान्हपछि परिस्थिति अनुकूल रहनेछ। पारिवारिक वातावरण रमाइलो र शान्त हुनेछ। वैवाहिक जीवनमा उत्तम सुखको अनुभूति हुनेछ। धार्मिक कार्यमा संलग्न भइनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
तपाईं सामाजिक क्षेत्रमा अधिक सक्रिय रहनु हुनेछ, परिणामको रूपमा मान-प्रतिष्ठा बढ्नेछ। वैवाहिक जीवन सुखमय रूपले बित्नेछ। मध्यान्हपछि भने परिवारमा नकारात्मक वातावरण रहनेछ। शारीरिक स्वास्थ्य बिग्रन सक्छ। अत्यधिक खर्च हुनाले आर्थिक समस्याले सताउन सक्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मनमा परोपकारी भावना उत्पन्न हुनेछ। व्यापारमा उचित योजना मार्फत व्यापार वृद्धि गर्न सक्षम हुनुहुनेछ। उच्च अधिकारीहरूले खुशीसाथ तपाईंको कामको प्रशंसा गर्नेछन्। व्यापारसँग सम्बन्धित यात्राको योग छ। आय पनि बढ्ने सम्भावना छ।