केरा र दुध एकसाथ खाँदा हुन्छ स्वास्थ्यमा यस्तो असर, कसरी गर्ने प्रयोग?

हामी सबैले प्राय यो सुन्छौ  कि  दूध र केरा खाँदा स्वास्थ्यलाई लाभदायक हुन्छ। थुप्रै मान्छे बनाना जुस र  स्मूदी बनाएर खाने गर्छन ।  तर के यो हाम्रो स्वास्थ्यको लागि फाईदादायक छ? आज  हामी बताउँछौ यसको फाईदा र नोक्सानबारे:

– यदि तपाई एक्सरसाइज गर्नुहुन्छ भने मात्र दूध र केराको  सेव गर्नुहोला, किनकी दुधमा फ्याटको मात्रा धेरै हुन्छ। यदि तपाई दुध खाईरहनुभएको छ र  फिजिकल वर्कआउट  गरिरहनु भएको छैन भने तपाईको वजन बढ्न सक्छ।

– जो आफ्नो वजन बढाउन चाहन्छ उसले मात्रै दूधसँग केरा खाँदा फाइदा हुन्छ । किनकी दुध र केराले  वजन कम समयमा बढाउन मदत गर्छ।

– हेल्थ एक्सपर्ट्सको  अनुसार दूध र केरा एकसाथ  खानु स्वास्थ्यको लागि राम्रो हुदैन।

– केरा र दुध  एक साथ खानाले पाचन शक्ति प्रभावित पनि हुन सक्छ। केरा खाएको २० मिनेटपछि   दूधको सेवन गर्नुहोला। बरु तपाई  दुधको ठाउँमा दहि र केरा खान सक्नुहुन्छ।

– यदि तपाई केरा र दुध एकैपटक खादै हुनुहुन्छ भने यसमा प्रोटीन वा भिटामिन भएको  भोजन पनि समावेश  गर्नुहोला। जस्तै अन्डा, चना, सोयाबीन, राजमा आदि।

प्रकाशित : शुक्रबार, कार्तिक ०७, २०७७१३:०१

ऐनामा हेरेर आफैसंग बोल्नु पागलपन हो? जानीराखौ यसका फाइदाहरु!