हामी सबैले प्राय यो सुन्छौ कि दूध र केरा खाँदा स्वास्थ्यलाई लाभदायक हुन्छ। थुप्रै मान्छे बनाना जुस र स्मूदी बनाएर खाने गर्छन । तर के यो हाम्रो स्वास्थ्यको लागि फाईदादायक छ? आज हामी बताउँछौ यसको फाईदा र नोक्सानबारे:
– यदि तपाई एक्सरसाइज गर्नुहुन्छ भने मात्र दूध र केराको सेव गर्नुहोला, किनकी दुधमा फ्याटको मात्रा धेरै हुन्छ। यदि तपाई दुध खाईरहनुभएको छ र फिजिकल वर्कआउट गरिरहनु भएको छैन भने तपाईको वजन बढ्न सक्छ।
– जो आफ्नो वजन बढाउन चाहन्छ उसले मात्रै दूधसँग केरा खाँदा फाइदा हुन्छ । किनकी दुध र केराले वजन कम समयमा बढाउन मदत गर्छ।
– हेल्थ एक्सपर्ट्सको अनुसार दूध र केरा एकसाथ खानु स्वास्थ्यको लागि राम्रो हुदैन।
– केरा र दुध एक साथ खानाले पाचन शक्ति प्रभावित पनि हुन सक्छ। केरा खाएको २० मिनेटपछि दूधको सेवन गर्नुहोला। बरु तपाई दुधको ठाउँमा दहि र केरा खान सक्नुहुन्छ।
– यदि तपाई केरा र दुध एकैपटक खादै हुनुहुन्छ भने यसमा प्रोटीन वा भिटामिन भएको भोजन पनि समावेश गर्नुहोला। जस्तै अन्डा, चना, सोयाबीन, राजमा आदि।