‘केबीसी’ को तेस्रो सिजन होस्ट गरेपछि शाहरुखले किन मागे अमिताभसँग माफी?

टिभीको चर्चित शो ‘कौन बनेगा करोड़पति’ को १२ औँ सीजन सुरु भईसकेको छ।  यस शोलाई  दर्शकले निकै मन पराएको थियो। जसकारण शोको  होस्ट अमिताभ बच्चन पनि हुन्।  ‘कौन बनेगा करोड़पति’  सुरु भएको २० वर्ष भईसकेको छ र यति नै समयदेखि  बिग बी यस शोसँग जोडिएका छन्। अमिताभ बच्चनको बोल्ने तरिका मान्छेहरुलाई निकै मन पर्छ। यस्तैमा एक पटक फेरी शोको प्रसारण  भैसकेको छ । यधपी कोरोनाको कारण यस पटक अडियंस शोमा देखिने छैनन्।

‘कौन बनेगा करोड़पति’  महानायक अमिताभ बच्चनको कारण प्रसिद्ध रहेको छ तर एक पटकउनले  यस शोलाई होस्ट गरेका थिएनन्।  उनको ठाउँमा शाहरुख खानले होस्ट गरेका थिए ।  वास्तवमा  अमिताभले केहि कारणले गर्दा ‘कौन बनेगा करोड़पति’  को  तेस्रो सीजनलाई होस्ट गर्न मनाही गरेका थिए । त्यसपछि  शाहरुख खानले तेस्रो सीजनलाई होस्ट गरेका थिए । र जुन वर्ष  शाहरुख खानले  ‘कौन बनेगा करोड़पति’ होस्ट  गरेका थिए त्यस वर्ष शो को टिआरपी  निकै घटेको थियो।

तेस्रो  सीजनका  टीआरपीलाई देखेर  शो  मेकर्सले अर्को सीजनमा जसरी भएपनि अमिताभ बच्चनलाई लिएर आए। त्यसपछि बिग बी नै यस शोलाई होस्ट गर्दै आईरहेका छन्। त्यसपछि  शाहरुख खानले अमिताभ बच्चनसँग माफी मागेका थिए। वास्तवमा शाहरुख खान आफ्नो  फिल्म ‘रा-वन’ को  प्रमोशनको लागि  ‘केबीसी’ को मंचमा पुगेका थिए।  किंग खानले  बिग बीलाई भने कि,  ‘मबाट गल्ति भएको थियो जुन मैले तपाईलाई रिप्लेस गर्न खोजे। ‘

‘कौन बनेगा करोड़पति’ शोले अमिताभ बच्चनलाई मात्रै चर्चित बनाएन, यस शोलाई  ऋणबाट पनि बचाएको थियो। यस शोको  हिस्सा बन्नुभन्दा पहिला  अमिताभ बच्चनमाथि करोडौँको ऋण थियो।  एक इन्टरभिउमा बिग बीले  केबीसीको बारेमा कुरा गरेका थिए कि  ‘यो शो मलाई त्यस समय  मिलेको थियो जुन समयमा मलाई शोको निकै जरुरत थियो। फाइनेंशियली, प्रोफेशनली यस  शोले  केटेलिस्टको जस्तै कम गरे। यस शोले मलाई निकै मदत्त गरेको छ।’

प्रकाशित : शुक्रबार, कार्तिक ०७, २०७७१२:५२

अक्षयकी साली ‘रिंकी’ फिल्ममा फ्लप भएपछि जिईरहेकी छिन यस्तो जिन्दगी!