शाहरुख खानले आफ्नो साथी र फिल्म अभिनेत्री जूही चावलासँग मिलेर फिल्म बनाउनको लागि एक कम्पनी खोलेका थियो । त्यसको नाम हो ड्रिम्स अनलिमिटेड हो । यस प्रोडक्शन हाउसको तेस्रो फिल्म ‘चलते-चलते’ थियो। टी फिल्म १ जुन २००३ मा रिलीज भएको थियो। जब फिल्म को स्क्रिप्ट तयार भयो तब हिरो शाहरुख खान थिए र हिरोइन रानी मुखर्जी थिइन् । रानीलाई फिल्म अफर गरिएको थियो। रानीलाई स्क्रिप्ट सुन्ने बितिक्कै मन पर्यो। तार फिल्मको तारिखको कारण उनलाई समस्या पर्यो। बलिउडमा तारिखको कारण निकै मान्छेहरुको राम्रो फिल्म अरुको हातमा परेको छ र थुप्रै कलाकारलाई इतिहास बनाउने मौका मिलेको छ। शोलेभन्दा अरु उदाहरण कहाँ हुन सक्छ र ? निर्देशक रमेश सिप्पीले गब्बरको रोलको लागि डैनीलाई चुनेको थियो तर तारिखको समस्याको कारण डैनीको हातबाट गब्बर बन्ने मौका मिल्यो युवा अमजद खानलाई।
रानी त्यस समय निकै व्यस्त अभिनेत्री थिइन्। जुन तारिख ‘चलते-चलते’ लाई चाहिएको थियो त्यो तारिख रानीले अरु फिल्मलाई दिएकी थिइन्। शाहरुख उनको राम्रो साथी भएपनि तर भनाईको कुनै पनि मुल्य हुदैन। शाहरुखले नराम्रो मानेनन र अर्को हिरोइन खोजे। त्यसपछि उनले ऐश्वर्यालाई रोजे र फिल्मको शूटिंग सुरु गरियो। त्यस समय ऐश्वर्या राय र सलमान खानबीच रोमांस चलिरहेको थियो तर दुवैबीच खटपट पनि भईरहेको खबर चलिरहेको थियो। ऐश्वर्यालाई लिएर सलमान केहि पोसेसिव हुन लागेका थिए। सलमानको मनमा ऐश्वर्या र शाहरुखबीच केहि चलिरहेको जस्तो कुरा चलिरहेको थियो।
सलमानले शाहरुखलाई भनेका थिए कि ऐश्वर्यालाई फिल्मबाट हटाउ तर किंग खान तयार थिएनन्। यसकारण सलमानलाई रिस उठ्यो र एक दिन स्टूडियोमा शाहरुख र ऐश्वर्याको ‘चलते-चलते’ फिल्मको शूटिंग चलिरहेको थियो। सलमानलाई यो कुरा थाहा भयो र उनि त्यहाँ गएर निकै ल-फडा र विवाद गरे जसकारण सबैजनालाई नराम्रो लाग्यो। शाहरुख फिल्मको निर्माता पनि थिए र सलमानको राम्रो साथी पनि थिए। उनलाई लाग्यो कि ऐश्वर्यालाई लिएर फिल्म बनाउन निकै मुश्किल हुनेछ। त्यसैले ऐश्वर्यालाई फिल्मबाट निकालियो । यसकारण सलमान सन्तुष्ट भए। तर ऐश्वर्यालाई निकै नराम्रो लाग्यो कि बिना गल्ति उनलाई फिल्मबाट निकालियो। यस घटनापछि ऐश्वर्याले शाहरुखसँग दुरी बनाईन्। शाहरुखलाई आफ्नो गल्तिको महसुस भयो। ऐश्वर्यालाई चलते-चलतेबाट बाहिर गरियो र रानीले फेरी त्यस फिल्ममा इन्ट्री लिईन्। फिल्म रिलीज भयो र हिट भयो।