गुलाबजल: स्किन मात्रै होइन कपाल पनि बनाउछ सुन्दर, जानिराखौ! कसरी गर्ने प्रयोग?

गुलाबजलबाट स्किनमा हुने फाइदाको बारेमा हरेकलाई थाहा नै छ। तर के तपाईलाई थाहा छ, अनुहारलाई मुलायम र चम्किलो बनाउने गुलाबजल कपालको लागि पनि निकै फाइदाजनक हुनेगर्छ भनेर? कपालसंग सम्बन्धित जुनसुकै समस्याको लागि  गुलाबजल फाइदाजनक हुने गर्छ। गुलाबजलमा हुने एंटीसेप्टिक गुण कपालको फंगल इन्फेशन र चाया कम गर्नसक्छ। यसबाहेक कपाल बढाउन पनि यसले मद्दत गर्छ।

जब तेल लगाउने समय हुदैन:
व्‍यस्‍त दिनचर्याको कारण हामी धेरैपटक कपालको हेरचाह गर्दैनौ। जब हामीसंग तेल लगाउने पनि फुर्सद हुदैन। यसबाट कपाल रुखो हुने गर्छ। यस स्थितिमा गुलाबजल मद्दतगार हुन्छ।

टाढा गर्नुहोस रुखोपन:

आफ्नो कपालअनुसार गुलाबजल एक कचौरामा लिनुहोस्। यसलाई राती सुत्नुभन्दा अगाडी पुरै कपालमा तेल जसरी लगाएर सुत्नुहोस। र बिहान उठेर श्याम्पूले पखाल्नुहोस। यसले कपाल नरम र चमकदार हुनेछ। तपाई चाहनुहुन्छ भने यसमा ग्लिसिरिन पनि हाल्न सक्नुहुनेछ।

कपालको चिल्लोपन गर्छ टाढा:

यदी तपाइको कपालमा स्याम्पु गरेको केहि घण्टापछि नै चिल्लोपन आउने गर्छ भने ३ चम्चा गुलाबजल, १ चम्चा मह र आधा चम्चा कागतीको रसको मिश्रण बनाउनुहोस। यस मिश्रणलाई स्याम्पु गर्नुभन्दा करिब १ घण्टा पहिले कपालमा लगाउनुहोस्। यो लगाएपछि तपाइले आफ्नो कपालमा परिवर्तन देख्न सक्नुहुनेछ।

घामले डढेको ड्यामेज कपालको लागि:

घाम र गर्मीको कारण धेरै जसो मानिसको कपाल डढ्ने गर्छ।  यस्तो हुदा नुहाउनुभन्दा १० मिनेट पहिले ३ चम्चा गुलाबजलमा १ चम्चा मह मिसाएर प्याक बनाएर कपालमा लगाउनुहोस्। र १० मिनेटपछि स्याम्पुले लगाएर कपाल धुनुहोस। यसले गर्दा हेयर ड्यामेजको समस्या कम हुन्छ।

कपाल झर्ने समस्याको लागि:

हेयरफलको समस्याबाट हरेक मानिस समस्यामा छन्। मानिसहरु यस समस्याबाट मुक्ति पाउनको लागि थुप्रै उपचार गर्ने गर्छन। तर गुलाबजलको सानो टिप्सले कपाल झर्ने समस्या टाढा हुनसक्छ। यसको लागि तपाईले गुलाब्जल मास्क कपालमा लगाउनुपर्ने हुन्छ। यसको लागि २ चम्चा ओलिभ ओयल (जैतुनको तेल) र २ चम्चा गुलाबजल राम्रोसँग मिसाउनुहोस्। र यसलाई पुरै कपालमा लगाएर आधा घण्टा देखि २ घण्टा सम्म राखेर स्याम्पुले धुनुहोस।

प्रकाशित : शुक्रबार, कार्तिक ०७, २०७७१२:५३

टाउकोमा तेल लगाएपछि भुलेर पनि नगर्नुस् यस्ता गल्ति !