आफ्नो शिशुलाई यसरी सजिलै छोडाउनुहोस् दुध!

नवजात शिशुको लागि आमाको दुध अमृतभन्दा कम हुदैन तर एक समय यस्तो पनि हुन्छ जब शिशुलाई आमाको दुध दिन बन्द गर्नुपर्ने  हुन्छ।बच्चालाई  दूध छुटाउने प्रक्रिया हुन्छ जसमा बच्चालाई  आमाको दुध बाहेक अरु कुरा खुवाउनु पर्छ । तपाई अरु तरिकाले पनि दुध छोड्न सक्नुहुन्छ। जस्तै केरालाई म्यास गरेर खुवाउने।

खासमा बच्चालाई अन्य  चीजबाट पोषण दिनको लागि दुध छुटाउने गरिन्छ। केहि बच्चाले सजिलै दूध छोड्छन् भने, केहिलाई  धेरै कोसिस गर्दा पनि हुदैन। यस  मुश्किललाई टाढा गर्नको लागी सजिलो तरिका भने पहिला आमाको दुध हटाएर  शिशुलाई हल्का गाढा र ठोस आहार दिन सुरु गर्नुपर्छ। एकैचोटी दुध छोड्न लगाउनु हुदैन । केहि मामिलामा आमाले आफ्नो बच्चालाई दूध नपिलाउदा समस्या हुन्छ।

१२ महिनाभन्दा सानो शिशुलाई  बोतलमा आफ्नो दुध  दूध भरेर पिलाउनु पर्छ। १२ महिनाभन्दा ठुलो शिशुलाई कपबाट  दूध पिलाउन सक्नुहुन्छ। स्‍तनपान नगर्दा शिशुलाई चिसो लाग्न सक्छ। यस्तैमा बच्चालाई अँगालो हालेर तातो बनाऊनु पर्छ। जति पटक दिनमा  स्‍तनपान गराउनुहुन्छ त्यति पटक नै एक पटक घटाएर  ठोस आहार दिन सुरु गर्नुहोला। यस्तो फूड  दिनुहोला जसले  शिशुलाई  एलर्जी नहोस ।

रातमा शिशुलाई केहि खुवाउनुभन्दा सुत्न सिकाउनुहोला किनकी  राति र बिहानको समय सबैभन्दा धेरै भोक लाग्छ। सुरुवातमा तपाई एक  दिन छोडेर  राती खुवाउन सक्नुहुन्छ। आमाहरु धेरै एक्टिभ रहनुहोला  । शिशुसँग दुरी बनाउनुपर्छ किनकी उनीहरु पटक पटक दुध पिउन जिद्दी गर्नेछ। बच्चालाई खेलौना खेल्न दिनुपर्छ।  शिशुलाई  दूध छोड्न लगाउने क्रममा  शारीरिक र भावनात्‍मक परिवर्तन  देख्न मिल्नेछ।  स्‍तनको  दूधलाई सुक्न २ देखि ४ हप्ता लाग्न सक्छ।

प्रकाशित : शुक्रबार, कार्तिक ०७, २०७७१२:५०

घरमा बच्चाहरु हुनेले जसरी पनि राख्नुहोस यी ५ अति आवश्यक चिज!