नेपालको पुरानो परम्परामा बच्चालाई नराम्रो नजरबाट बचाउनको लागि गाजलको प्रयोग हुन्थ्यो र अहिले पनि हुने गर्दछ। प्राय: आमाबाबुले आफ्नो बच्चाको आँखा ठुलो र सुन्दर देखाउनको लागि आफैले बनाएको गाजल लगाई दिन्छन् । गाउँ वा सहरका मान्छेहरु सानो बच्चालाई सधैँ गाजल लगाईदिन्छन्। वास्तवमा घरको वृद्द अथवा ठुला मानिसहरु नवजात शिशुलाई गाजल लगाउन जिद्दी गर्छन्। गाजल शिशुको आँखा, निधार वा कानको छेउपट्टि लगाईन्छ।
के हो गाजल ?
प्राचीन समयबाट गाजल सौंदर्य प्रसाधनको रुपमा प्रयोग गरिन्छ। तेल वा घिउमा कपास बालेर निक्लिएको कालोलाई जम्मा गरेर त्यसलाई गाजलको रुपमा प्रयोग गरिन्छ। पुरानो जमानादेखि यो विश्वास चलिरहेको छ कि गाजलबाट बच्चाको आँखाको प्रकाश राम्रो हुन्छ। तर यस्तो कुनै वैज्ञानिक अध्ययन रहेको छैन, जसमा यस कुराको समर्थन भएको छ। उनीहरुलाई यो पनि विश्वास हुन्छ कि सूर्यको नकारात्मक किरण र नराम्रो नजरले पनी शिशु सुरक्षित रहन्छ।
के तपाईलाई आफ्नो नवजात बच्चाको आँखामा गाजल लगाउन चाहनुहुन्छ?
थुप्रै परिवार आफ्नो बच्चाको आँखामा गाजल लगाउन लाभकारी मान्छन तर विशेषगरी डाक्टर यस कुरामा सहमत छैनन्। गाजलमा लीड रहेको हुन्छ जसले इचिंग र जलनको समस्या हुन्छ र थुप्रै पटक यसबाट इंफेक्शन पनि हुनसक्छ। बजारमा पाइने गाजलमा लीडको मात्रा धेरै हुन्छ र यो यस्तो मेटल हो जुन तपाईको नवजात शिशुभन्दा आसपासपनि राख्नु हुदैन। यदि गाजल घरमा नै तयार गरिएको हो भने त्यसमा कार्बन रहेको हुन्छ। गाजल लगाउने क्रममा तपाईको हात सफा छैन भने बच्चाको आँखामा संक्रमण हुन सक्छ।

