घरको काम गर्ने बच्चा हुन्छन धेरै सफल, यसरी सिकाउनुहोस जिम्मेवार बन्न!

यदी तपाईको छोराछोरीले एक पटक  भन्ने बितिक्कै घरको काम गर्छन् भने बुझ्नुहोस् कि तपाई धेरै भाग्यमानी हुनुहुन्छ। यदि तपाईको छोराछोरीले घरको काम  गर्न मन पराउदैन र भनेको मान्दैन भने उसलाई घरको काम सिकाउनु तपाईको जिम्‍मेदारी बन्छ।

‘हाउ टू रेज़ एन एडल्‍ट’ को  लेखक जूली लिथकोटलीले  टेड टक शोमा एक  रिसर्चको डाटा शेयर गर्दै भने कि यदि बच्चालाई  घरको काम गर्न सिकाईयो भने उनीहरुलाई यो उनीहरुको जीवन महत्त्वपूर्ण हिस्सा लाग्नेछ। जब आमाबुवाले आफ्नो छोराछोरीको काम  गर्छन् भने बच्चाहरु अरुमा निर्भर हुन्छन्।

घरको काम गर्ने बच्चा धेरैजसो सफल हुन्छन्।  लेखकको  अनुसार घरेलू काममा सहयोग गर्ने बच्चा ठुलो भएर आफ्नो टीम र कम्पनीलाई  अगाडी लान्छन्। उनीहरुलाई एक्लै  कुनै काम गर्न डर लाग्दैन। यदि तपाई आमाबुवा हुनुहुन्छ भने  यस कुरालाई ध्यान राख्नुहोला। आधुनिक जमानामा बच्चालाई मायाको साथसाथै जिम्‍मेदार बनाउनु पनि जरुरत रहेको छ। जसमा आमाबाबुको पनि साथ चाहिन्छ।

आमाबुवाको साथ मिलेपछि उनीहरुले  जिन्दगीमा कहिले पनि समस्या दिदैन । उनीहरु सधैँ आफ्नो आमाबुवाको सपोर्ट चाहन्छन्। आफ्नो बच्चालाई आफ्नो जीवनको  चुनौति र जिम्‍मेदारीलाई  उठाउन सिकाउनुहोस्।

प्रकाशित : शुक्रबार, कार्तिक ०७, २०७७१२:५०

आफ्नो शिशुलाई यसरी सजिलै छोडाउनुहोस् दुध!