चायाबाट राहत पाउनको लागि यसरी गर्नुहोस मरिचको प्रयोग!

व्यस्त लाइफस्टाइलको  कारण कपाललाई  स्वस्थ बनाईराख्न सजिलो काम होइन ।  स्ट्रेस, खानपानको ध्यान राख्न , प्रदूषण, निन्द्रा पुरा नहुदा तपाईको कपाल खराब हुन सक्छ। यदि तपाई स्वस्थ र चमकदार कपाल चाहनुहुन्छ भने तपाईले आफ्नो रूटीन मिलाउनु  पर्नेछ। त्यसमा सबैभन्दा पहिला तपाईले आफ्नो बानीलाई सुधार्न जरूरत रहेको छ। हेल्दी डाइटको साथसाथै  यदि तपाई केहि घरेलू उपाय अपनाउनुहुन्छ भने त्यसको रिजल्ट राम्रो मिल्नेछ।

 तपाईले आफ्नो  भोजनमा मरिचको स्वाद लिनुभएको छ भने यसले टुटेको कपाल र ड्यांडड्रफ आदिबाट राहत दिलाउछ।   हेल्दी र शाइनी कपालको लागि  मरिचको  प्रयोग गर्नुहोला।

सेतो कपाल:

कपाललाई सेतो हुनुबाट रोक्नलाई  तीन देखि चार चम्चा दहि  लिनुहोस् र त्यसबाट एक सानो चम्चा मरिचको पाउडर मिलाउनुहोला। यस पेस्टलाई कपालमा लगाएर २० मिनेटसम्म राखेर  नुहाउनुपर्छ। मरिचमा रहेको कपरले कपाललाई सेतो हुनुबाट रोक्छ।   चायाबाट राहत पाउनको लागि  भोजनमा मरिच उपयोग गर्नुहोला। मरिचको मात्रा बढी हुदा  इचिंग र ज-लनको समस्या हुन सक्छ।

चायाबाट राहत

चायाबाट राहत पाउनको लागि मरिचमा रहेको भिटामिन सीले स्काल्पलाई सफा राख्न मदत्त गर्छ। तपाई यसको लागि अलिव ओइल लिनुहोस् र त्यसमा थोरै  मरिचको पाउडर मिसाउनुहोस् ।  र यस मिश्रणलाई कपलामा लगाउनुहोस।  यसलाई दिनभर राख्नुहोला र अर्को दिन कपाल धुनुहोला।

टुक्रिएको कपालको लागि:

मरिचको पाउडरलाई  अलिव ओइलमा मिसाउनुहोला। यस मिश्रणलाई  एक कंटेनरमा  बन्द गरेर दुई हप्तासम्म राख्नुहोला। त्यसपछि यो तेल प्रयोग गर्न तयार हुन्छ। तपाईले  यस ओइललाई कपालमा लगाएर  ३० मिनेटपछि चिसो पानीले धुनुहोला।  मुलायम कपाल र शाइनी  कपालको लागि कागतीको रस र मरिच एक चम्चाको पाउडर मिलाउनुहोल। यस मिश्रणलाई १५ मिनेटसम्म लगाएर राखेर  धुनुहोस ।  यो उपायले तपाईको कपाल नरम हुन्छ र जरा पनि सफा हुनेछ।

नोट: तपाई कुनै पनि उपाय गर्नु भन्दा पहिले डाक्टरसंग सल्लाह गर्नुहोस।

प्रकाशित : शुक्रबार, कार्तिक ०७, २०७७१२:५०

घरको काम गर्ने बच्चा हुन्छन धेरै सफल, यसरी सिकाउनुहोस जिम्मेवार बन्न!