नवजात शिशुलाई सबैभन्दा बढि चिसो कुन अंगबाट लाग्छ र कसरी बच्ने? जानिराखौ!

मौसम परिवर्तन  हुनुको साथै केहि स्थानमा जाडो पनि सुरु भइसकेको छ । उमेरको हिसाबले ठुला मानिसहरुले मौसममा हुने यस्तो परिवर्तनलाई महसुस गरेर चिसोबाट बच्नको लागि सबै प्रयास गर्दछन् । तर नवजात शिशु तथा बालबालिकाको भने समस्या बढ्ने गर्छ। किनकि साना बच्चाहरुले चाहेर पनि आफ्नो पिडा कसैको साथ भन्न सक्दैनन् ।

मौसमको चिसो हावाबाट बचाउनको लागि शिशुलाई सहि तरिकाबाट ढाक्न या कपडा लगाईदिन जरुरि हुन्छ। जसको लागि तपाईलाई यस कुराको जानकारी हुनुपर्छ कि शिशुलाई सबैभन्दा बढी कुन अंगबाट चिसो लाग्छ, ताकि तपाई त्यस अंगलाई  बाक्लो कपडाले ढाक्नुहुनेछ।

टाउको ढाक्न जरुरी:

नवजात शिशुको टाउको हरेक समय ढाकेर राख्नुपर्छ । यदी  टाउकोको तापमान कम भयो भने यसको असर पुरै शरीरमा पर्छ। त्यसैले बच्चालाई जाडोबाट बचाउनको लागि टाउकोमा बाक्लो कपडा वा टोपीले ढाकेर राख्नुपर्छ। यो पनि ध्यान राख्नुहोस कि टोपी धेरै टाइट नभई मुलायम कपडाको होस्।

पैतालाबाट पनि लाग्नसक्छ चिसो:

हाम्रो शरीरको तापमान कन्ट्रोल गर्न पैताला पनि महत्वपूर्ण हुन्छ । भर्खरै जन्मेको शिशुले जमिनमा खुट्टा नराखे पनि उनिहरुलाई पैतालाबाट चिसो लाग्ने गर्छ। त्यसैले शिशुलाई बाक्लो मोजा या कपडाले ढाक्नुपर्छ । जले गर्दा शिशुको पैतालाको साथै पुरै शरीरको तापमान नियन्त्रण रहन्छ।

नाकलाई न्यानो राख्नुहोस:

नाक शरीरको एक महत्वपूर्ण हो। धेरै जसो किटाणु, ब्याक्टेरिया र हानिकारक धुवाँ आदि बच्चाको नाकबाट शरीरमा प्रवेश गर्छ। त्यसैले शिशु अर्थात् बच्चाको नाकको निकै ख्याल राख्नुपर्छ। तर यसको लागि शिशुको नाक नढाक्नुस, किनकि यसले सास फेर्न समस्या हुन्छ। बरु समय-समयमा शिशुको नाकमा तातो हातले सेक्नुस या हल्का तातो तेलले मसाज गर्नुहोस। र कोशिस गर्नुहोस कि कोठाको तापक्रम धेरै कम नहोस।

हातबाट चिसो:

जाडो मौसममा शिशुलाई धेरैपटक हातबाट पनि चिसो लाग्छ। त्यसैले शिशुको हातमा नरम पन्जा या कपडा लगाईदिनुहोस। तर ध्यान राख्नुहोस् कि राति सुत्ने समयमा शिशुको शरीर (मुख बाहेक) कम्बलले छोप्नुहोस र पन्जा नलगाईदिनुस नत्र शिशुको निन्द्रा प्रभावित हुनसक्छ।

शरीरलाई तातो राख्नको लागि मसाज गर्नुहोस:

शिशुको शरीरलाई तातो राख्नको लागि तेलले मसाज गर्दा धेरै फाइदा हुन्छ। जाडो मौसममा शिशुको मसाजको लागि तोरीको तेल राम्रो हुन्छ। यदी तपाई शिशुलाई चिसो लागेको लक्षण देखेमा तोरीको तेलमा ज्वानो र लसुनको टुक्रा तताएर दिनको १ पटक मसाज गर्दिनुस। यसरी बनाएको तेल  बिहान र बेलुकामा नलगाउनुहोस्।  शिशुलाई तेल  लगाउनको लागि सबैभन्दा राम्रो समय घाम लागेको बेला हुन्छ।  ताकि उसलाई चिसो नलागोस र मालिस पनि हुनेछ।

प्रकाशित : शुक्रबार, कार्तिक ०७, २०७७१३:०१

यूरिक एसिड बढ्नु हुनसक्छ खतरनाक, यसरी गर्न सकिन्छ नियन्त्रण !