घरमा बच्चाहरु हुनेले जसरी पनि राख्नुहोस यी ५ अति आवश्यक चिज!

साना बच्चा तथा बालबालिकालाई प्राय खेल्ने समयमा चोट लाग्ने गर्छ । बच्चाहरूलाई आफ्नो काम गर्न सिकाउने समयमा धेरैपटक चोट लाग्छ। समयमै उपचार गरिएन भने छोटो-छोटो समस्याले ठुलो रुप लिनसक्छ। त्यसैले तपाईले आफ्नो घरमा फर्स्‍ट एड किट राख्नुपर्नेछ। जानीराखौ  फर्स्‍ट एड किटमा तपाईले कुन-कुन जरुरी समान राख्नुपर्नेछ:

१. फर्स्‍ट एड किटमा  आवश्यक  चिज:

कटन ब्यान्डेज, कपास (रूई), कैची, ब्यान्डेज, एन्टिसेप्टिक क्रिम, पेन किलर र एन्टिसेप्टिक लिक्विड आदि हुनुपर्नेछ। यस बाहेक आफ्नो नजिकैको हस्पिटलको नम्बर, एम्बुलेन्सको नम्बर र डाक्टरको नम्बर नोट गरि राख्नुहोस।

२. वाटरप्रूफ ब्यान्डेज:

धेरैजसो बच्चाहरु लड्ने गर्छन। त्यसैले घरमा ब्यान्डेज अनिवार्य राख्नुहोस। सानोतिनो चो-टपटक या इन्फेशनबाट बच्नको लागि घरमा ब्यान्डेज राख्न आवश्यक छ। अधिकांश खेलिरहने बच्चालाई चोट लाग्ने  गर्छ। यस्तो समयमा ब्यान्डेज निकै काम लाग्छ। बच्चाको लागि वाटर प्रुफ ब्यान्डेज राख्नुहोस्।

३. घाउ निको पार्ने औषधि:

बच्चालाई धेरैपटक घाउ-चोट लाग्छ। जसले गर्दा लगातार रगत बग्छ। यसबाट बच्नको लागि सिप्लाडाइन, बेटाडिन आदि जस्ता  औषधि राख्नुहोस। यसले घाउ छिट्टै सुक्छ। यसको लागि घाउलाई सफा गरेर क्रिम लगाउनुहोस्।

४. एन्टिसेप्टिक क्रिम:

कहिले-काहि गल्तीले बच्चाको हात वा खुट्टा पो-ल्ने गर्छ। यदी थोरै मात्रै पोलेको छ भने पोलेको ठाउमा ५ मिनेटसम्म चिसो पानि हाल्नुहोस र घाउलाई नरम कपडाले सफा गर्नुहोस। यसपछि बोरोप्लस, बर्नोल जस्तो एन्टिसेप्टिक क्रिम लगाउनुहोस्।

५. थर्मोमिटर:

बच्चाहरुलाई छिट्टै चिसो लाग्ने गर्छ, जसले गर्दा ज्वरो आउने, रुघखोकी लाग्ने गर्दछ । ज्वरो आउदा शरीरको तापक्रम जाच्नको लागि थर्मोमिटरको आवश्यक पर्छ। त्यसैले आफ्नो घरमा थर्मोमिटर जसरि पनि  राख्ने गर्नुहोस।

प्रकाशित : शुक्रबार, कार्तिक ०७, २०७७१२:५३

आफ्नो बच्चाको बढ्दै गरेको तौललाई यसरी गर्नुहोस कन्ट्रोल!