अध्ययनअनुसार जसको घरमा जन्मिन्छिन छोरी, उनको पिताको हुन्छ लामो आयु…

एक नयाँ अध्ययन अनुसार छोरीले यस  संसारमा खुशीको साथ-साथै आफ्नो पिताको जीवनमा झनै धेरै आयु जोड्छन्। अध्ययन  अनुसार जुन पिताको छोरी हुदैन उनीहरुको तुलनामा छोरी हुने पिता अधिक समयसम्म जीवित रहन्छन्।

जब बच्चाको जन्मको कुरा आउछ तब हामि प्राय आमाको बारेमा कुरा गर्छौ। तर अनुसन्धानमा यस कुराको पत्ता लगाईएको छ कि जब बच्चाको जन्म हुन्छ तब बच्चाको पिताको स्वास्थ्य र शरीरमा कस्तो प्रभाव पर्छ। यो  अध्ययन जगिएल्लोनिअन विश्वविद्यालयमा गरिएको थियो। जसमा  ४३१० भन्दा अधिक मान्छेको डाटालाई संकलन गरिएको थियो जसमध्ये २१४७ आमा र २१६३ पिता रहेका थिए।

अनुसन्धानमा यो थाहा भयो कि छोरा हुने पितामा केहि प्रभाव परेन। यधपी यो पत्ता लाग्यो कि छोरीको संख्या धेरै हुने पिताको आयू लामो हुन्छ। यस  अध्ययनले यो उल्लेख गर्यो कि जसको छोरी धेरै हुन्छ पिताको आयु पनि त्यति नै धेरै हुन्छ ।

यो सबै पिताको लागि निकै राम्रो खबर हुन सक्छ तर आमाको लागि होइन  । किनकी अमेरिकन जर्नल अफ ह्यूमन बायोलजीमा  प्रकाशित अध्ययन अनुसार छोरा तथा छोरी जन्माउदा आमाको स्वास्थ्यमा  नकारात्मक प्रभाव पर्छ र उसको जीवनकाल कम हुन्छ। अन्य अध्ययनबाट थाहा हुन्छ कि जो महिलाएक्लै रहन्छन,  उनीहरु खुशी र धेरै समयसम्म जीवित रहन्छन्। एक अलग अध्ययनबाट थाहा हुन्छ कि केटि वा केटा जोसुकै होस बच्चाको जन्मले आमा वा बुवा दुवैको जीवनकाल बढ्छ। यस  अध्ययनको डाटा १४ वर्षदेखि संकलन गरियो र जुन दम्पतिको बच्चा हुन्छ, उनीहरु  अधिक समय जीवित रहन्छन्।

प्रकाशित : शुक्रबार, कार्तिक ०७, २०७७१३:०१

केहि वर्षमै सकिँदैछ पृथ्वीको सुन, यसो भन्छन् विशेषज्ञहरु !