काठमाडौँ : महाभारतको युद्धमा प्रथम दिन नै पाण्डव सेना पछाडी हट्नु पर्यो। दोस्रो दिन पनि बलवान् भीष्मको वाणको वर्षाको कारण पाण्डवको व्यूह टुट्यो, सारा सेना तितर-बितर भए। पाण्डव परास्त हुन् लागे। स्वयम् भगवान कृष्ण जुन सेनामा थिए उनी पनि व्याकुल भईरहेका थिए। धेरै घोडाहरु मारिएका थिए, रथका झुण्ड झुण्ड भाग्न लागेका थिए। अर्जुन एकदम चिन्तित थिए। महारथी भीष्मको यस्तो पराक्रम देखेर अर्जुन क्रोधित भए र भगवान श्रीकृष्णसँग भने – ‘जनार्दन !’

अर्जुनले भने – ‘तपाई पितामह भीष्म नजिक रथ लैजानुहोला, अन्यथा उनले हाम्रोस सबै सेनाको अवश्यै संहार गर्नेछन्। सेना बचाउनको लागि आज म भीष्मको बध गर्नेछु।’ भगवान श्रीकृष्णले भने – ‘अच्छा, धनंञ्जय ! अब सावधान हौँ। ल हेर, म अब तिमीलाई पितामहको रथ नजिकै लैजानेछु।’

यति भनेपछि श्रीकृष्णले अर्जुनको अर्थलाई भीष्म नजिक लिएर गए। भीष्म पितामहले जब अर्जुनलाई आफ्नो वाण उठाएर आफूतिर वेगमा आएको देखे तब उनले अगाडी बढेर सामना गरे। त्यस बेला अर्जुन माथि भीष्मले सतहत्तर, द्रोणले पच्चीस, कृपाचार्यले पचास, दुर्योधनले चौसठी, शल्य र जयद्रथले नौ-नौ, शकुनिले पाँच र विकर्णले दस वाण मारे।

यस प्रकारले चारै दिशाबाट तीखा वाणहरु प्रहार हुँदा पनि महाबाहु अर्जुन अलिकति पनि व्यथित या विचलित भएनन्। उनले आफ्नो वाणले भीष्म, कृपाचार्य र द्रोणाचार्य आदिलाई निशाना लगाए। केही बेरमै सात्यकि, विराट, धृष्टद्युम्र, द्रौपदीका पाँच पुत्र र अभिमन्यु अर्जुनको सहायताको लागि आए।

पितामह भीष्म तथा किरीटधारी अर्जुनका रथ आमने-सामने थिए। ध्वजा पताकाले रथको शोभा बढाइरहेको थियो। उनीहरुको दुवैको रथमा श्वेत घोडा थिए।उनीहरु दुईलाई एक-अर्कासँग भीडन्त गरेको देखेर सबै राजा जोर-जोरले सिंहनाद गर्न लागे र शङ्ख फुक्न थाले। त्यसपछि दुवै तर्फबाट वाणको वर्षा हुन् लाग्यो। भीष्मले आफ्नो नौ वाणले अर्जुनलाई गहिरो चोट पुर्याए। तब अर्जुनले पनि दश मर्मभेदी वाण प्रहार गरे। अर्जुनले फेरी एक हजार वाणद्वारा भीष्मलाई सबैतिरबाट रोके।

गङ्गानन्दन भीष्मले आफ्नो वाण समूहले ती वाणको निवारण गरे। अब त्यसपछि के चाहियो, दुवै तर्फबाट झन् धेरै वाण चल्न लग्यो। भीष्म चलाउँथे त अर्जुन काट्थे अनि जब अर्जुन चलाउथे तब फेरी भीष्म काट्थे। दुवै बलवान् थिए र दुवै अजय अजेय। वाणको वर्षामा कौरव भीष्मलाई तथा पाण्डव अर्जुनलाई उनका ध्वजा आदि चिन्हले चिन्थे।

यी दुवै वीरको पराक्रम देखेर सबै प्राणी आश्चर्यचकित परिरहेका थिए । जारी धार्मिक घेरामा रहेर व्यवहार गर्ने पुरुषमा कुनै दोष निकाल्न सकिदैन, त्यसरी नै अर्जुन तथा भीष्म को रण कुशलतामा कुनै भूल देखिँदैन्थ्यो। बडो रोमाञ्चक युद्ध थियो, दुवै संग्राम भूमिमा एक-अर्काको वाण समूहबाट आच्छादित भएर अदृश्य हुन्थे र ती छिन्न-भिन्न गरेर शीघ्र प्रकाशमा आउँथे। त्यहाँ आएका देवता, गन्धर्व, चारण र महर्षिगण उनीहरु दुईको पराक्रम देखेर एकापसमा कुरा गर्न लागे कि यी दुवै महारथी वीर रोष एवं आवेशले भरिएका छन्।

अत: यो देवता, असूर र गन्धर्वसहित सम्पूर्ण लोक द्वारा पनि कुनै प्रकारले पनि जित हासिल गर्न सकिन्न थियो। उनीहरु दुई यदि लडिरहेमा जब सम्म यो संसार रहनेछ तबसम्म यी दुईको युद्ध समान रुपमा चलिरहनेछ। भविष्यमा यस्तो युद्ध हुने कुनै पनि सम्भावना थिएन। पितामह भीष्म तथा गान्डिवधारी अर्जुनको यो युद्ध शूरवीरहरुलाई आश्चर्यचकित पार्ने वाला थियो। पाण्डवले पितामह भीष्ममाथि विजय हासिल गर्नको लागि राजा द्रुपदका पुत्र शिखण्डीलाई रणभूमिमा ल्याउने निर्णय गरे।

पाण्डवलाई थाहा थियो कि पितामह भीष्म उनीमाथि कहिल्यै पनि अस्त्र-शस्त्रको प्रयोग गर्ने छैनन् र समर्पण गर्नेछन्। किनकी शिखण्डी पूर्व जन्ममा एक स्त्री थिईन् र यस जन्ममा पनि कन्याको रुपमा जन्मिएकी थिईन् तर आफ्नो तपको बलमा उनी स्त्रीबाट पुरुष बनेका थिए। भीष्म कन्या रूपमा जन्म लिनेसँग कहिल्यै युद्ध गर्ने छैनन्। यसको रहस्य यो थियो कि जतिबेला हस्तिनापुरका राजा विचित्रवीर्य थिए उनको विवाहको लागि पितामह भीष्मले काशीराजका तीन पुत्री अम्बा, अम्बिका र अम्बालिकालाई हरण गरी ल्याए। तर जब उनले अम्बाले मन-मनै राजा शाल्वलाई आफ्नो पति मानेको कुरा थाहा पाए तब उनले अम्बालाई स-सम्मान राजा शाल्वको दरबारमा पठाए। परन्तु राजा शाल्वले अम्बालाई अपनाउन इन्कार गरे।

अम्बा आफूमा भएको यस्तो अन्यायको कारण पितामह भीष्मलाई मान्न थालिन्। उनले पितामह भीष्मसँग प्रतिशोध लिने सङ्कल्प गरिन्। जब अम्बाका आमापट्टिका हजुरबुबा राजर्षि होत्रवाहनलाई अम्बाको यस प्रतिशोधको बारेमा थाहा पाए तब उनले अम्बालाई भगवान परशुरामको शरणमा जान भने। अम्बाको कुरा सुनेर परशुराम जी पितामह भीष्मलाई भेट्न आए। अम्बासँग विवाह गर्न प्रस्ताव गरे तर उनले इन्कार गरे किनकी उनले आफ्नो पितालाई वचन दिएका थिए कि उनी जीवनभर ब्रह्मचर्यको पालन गर्नेछन्।

भगवान परशुराम र पितामह भीष्मबीच भयंकर युद्ध भयो जुन २३ दिन सम्म चल्यो र २४ औँ दिन नारदमुनि आएर रोके। अम्बा यमुना तटमा रहेर तप गर्न लागिन्। तप गर्दा-गर्दै उनले आफ्नो शरीर त्यागिन्। अर्को जन्मको उनी वत्सदेशका राजाको कन्याको रुपमा जन्मिन्। उनलाई आफ्नो पूर्वजन्मको बारेमा सबै थाहा थियो।

यसकारण बदला लिनको लागि उनी पुन: तप गर्न थालिन्। उनको तपबाट प्रसन्न भएर भगवान शिवले उनलाई दर्शन दिए। कन्याले भगवान शिवसँग पराजयको वरदान मागे। यसरी शिखण्डी भीष्म पितामहको मृत्युको कारण बने तर भीष्म पितामहले आफ्नो पिताबाट इच्छा मृत्युको वरदान पाएका थिए।

महाभारतमा कौरव र पाण्डवको युद्धमा वाणको शैयामा सुतेर भीष्म पितामाहले छ महिनासम्म यसकारण प्राण त्यागेका थिएनन् कि त्यतिबेला सूर्यदेव दक्षिणायनमा थिए। उनले आफ्नो प्राण त्याग्नको लागि सूर्य उत्तरायणको प्रतीक्षामा थिए। यस्तो विश्वास गरिन्छ कि जुन व्यक्ति उत्तरायण अवधिमा मृत्यु वरण गर्छन तिनी जन्म-मृत्युको बन्धनबाट मुक्त हुनेछन्। जब सूर्यदेव उत्तरायणमा आए तब भीष्म पितामहले आफ्नो प्राण त्याग गरेका थिए।


