आखिर किन हिट फिल्मपछि पनि सफल हुन सकिनन यी अभिनेत्री? यस्तो छ रहस्य!

बलिउडको दुनिया एकदम नै अलग रहेको छ, यहाँ टिक्न निकै  गाह्रो हुन्छ । बलिउडमा यस्तै स्टार छन्, जो अहिले पनि स्ट्रगल गर्दै मान्छेहरुको नजरमा रहेका  छन्। केहि स्टार यस्तो पनि छन जो हिट फिल्म दिएर पनि गुमनामी जिन्दगी जिईरहेका छन्। बलिउडमा यस्तै सुन्दर अभिनेत्री छन, ग्रेसी सिंह जसले आफ्नो करियरमा थुप्रै हिट फिल्म दिएकी छन्  तर अब उनी बलिउडबाट टाढा रहेकी छन्।  ग्रेसीले बलिउडमा शानदार इन्ट्री गरेको भएपनि बिस्तारै उनको करियर  बी-ग्रेड फिल्म र टिभीमा आएर  रोकियो। अहिले उनी लाइमलाइटबाट निकै टाढा रहेकी छन्।  प्रतिभावान र सुन्दर अभिनेत्री  ग्रेसी अचानक  लाइमलाइटबाट टाढा गईन् र  उनी कहाँ छिन् अहिलेसम्म थाहा छैन।

टीवी शोबाट  इंडस्ट्रीमा गरेकी थिइन् इन्ट्री

ग्रेसी सिंहको जन्म २० जुलाई १९८० मा दिल्लीमा भएको थियो। ग्रेसी पढ्नमा राम्रो थिइन्, त्यसैले उनको आमाबुवा उनलाई   डाक्टर वा इन्जीनियर बनाउन चाहन्थे। यधपी ग्रेसी बलिउडको सपना देखिथिन्। पढाईपछि उनले मोडलिंगको दुनियामा कदम राखिन्। १९९७ सालमा  ग्रेसी सिंहले  टीभी  शो ‘अमानत’ मा  काम गर्ने मौका पाईन्। अमानत सीरियलबाट  ग्रेसी सिंहलाई पहिचान पनि मिलेको थियो  तर उसले चाहने सफलता भने मिलेको थिएन। त्यसपछि ग्रेसी कैयौँ फिल्ममा देखिईन्। तर २००१ सालमा  ग्रेसीको भाग्य चम्क्यो। यो वर्ष ग्रेसी बलिउडको   सुपरस्टार आमिर खानसँग  फिल्म ‘लगान’ मा देखिईन्।

लगानबाट चम्क्यो ग्रेसीको भाग्य

फिल्म ‘लगान’ को  निर्देशक आशुतोष गोवारिकरलाई एक सोझो गाउँको केटिको खोजी थियो। जस्तै उनले  ग्रेसीलाई देखे। उनले यो  फिल्मको लागि ग्रेसीले गाउँको एक केटि जसले गौरीको रोल निभाईन्, जो मुख्य भूमिका  भुवनलाई माया गर्छिन्। यो फिल्म हिट साबित भयो र  ग्रेसी रातारात स्टार बनिन्। लगान अस्करमा  विदेशी भाषाको फिल्ममा पनि नोमिनेट भयो।  हरेक तर्फ ग्रेसीको चर्चा हुन लाग्यो। त्यसपछि २००३ सालमा  ग्रेसी अजय देवगनसँग  फिल्म ‘गंगाजल’ मा देखिईन्।  यो फिल्म पनि पर्दामा हिट भयो र  ग्रेसीले चाहने सफलता पनि पाईन्। २००३ सालमा  ग्रेसीले  संजय दत्तसँग फिल्म ‘मुन्नाभाई एमबीबीएस’ मा काम गरिन्।  यो फिल्म पनि हिट भएको थियो र ग्रेसीले  थुप्रै अवार्ड्स पनि पाएकी थिइन्।

हिट फिल्मपछि गायब

ग्रेसीको थुप्रै  फिल्म हिट भएको थियो तर उनको जिन्दगी त्यो समय पनि आयो जब उनी फिल्मबाट गायब हुन लागिन्। ग्रेसी सुन्दर र ट्यालेन्टेड थिइन् तर एक दुई फिल्म फ्लप हुने बितिक्कै उनले काम पाउन छोडिन्। त्यसै समयमा रानी, करीना, ऐश्वर्या र प्रीति जिंटा जस्ता सुन्दर  र प्रतिभावान अभिनेत्री चलचित्रमा टप पोजिशनमा थिए। यसकारण यी अभिनेत्रीहरु ग्रेसीले  गर्न नसक्ने ग्ल्यामरस रोल पनि गर्न सक्थे। फिल्ममा काम पाउन छोडेपछि उनले  बी-ग्रेडको फिल्ममा काम गर्न थालिन्। २००८ मा उनले  कमाल आर खानको  फिल्म ‘देशद्रोही’ मा काम गरेकी थिइन्। फिल्म बक्स अफिसमा फ्लप भयो।  त्यसपछि उनले फिल्ममा काम गर्न छोडिन् र टिभीको दुनियामा कमब्याक गरिन्। उनले शो ‘जय संतोषी मां’ मा माताको  भूमिका निभाएकी थिइन्।

इन्टरभिउमा गरिन खुलासा

सुन्दर र प्रतिभावान भएपछि ग्रेसीले नेपोटिज्मको कारण उनले फिल्ममा काम नपाएको भनिन्। ग्रेसीले एक इन्टरभिउमा भनेकी थिइन् ,” म मिहिनेत गर्न सक्छु,चापलुसी छैन। फिल्म इंडस्ट्रीको  खेल बुझ्दिन्।  रोल हासिल गर्नको लागि  प्रोड्यूसरसँग जानु , पार्टी अटेंड गर्नु यस्तो कुरा म गर्न सक्दिन्। मलाई थाहा नै भएन कि कति बेला मलाई फिल्म आउन बन्द भो।”

ग्रेसी सिंह बलिउडमा आफ्नो  करियर बनाउन चाहन्थिन्। तर  उनको  रुची अध्यात्म  तर्फ पनि थियो। बलिउडमा असफलता पाएपछि  उनले ग्ल्यामर जगतबाट दुरी बनाईन्। अब उनी ब्रह्माकुमारीसंग जोडिएकी छन्।  ग्रेसी भरत नाट्यम डान्सर पनि थिइन्। ग्रेसी सिंह हरेक वर्ष ब्रह्माकुमारी जान्छिन्। त्यहाँ  आयोजित हुने अध्यात्म कार्यक्रममा उपस्थित हुन्छिन् र समारोहम भरत नाट्य़म डान्स पनि गर्छिन्।  ग्रेसी सिंह हाल आफ्नो पूरा  ध्यान अध्यात्म तर्फ लगाईरहेकी छन्।

प्रकाशित : शुक्रबार, कार्तिक ०७, २०७७१२:५०

फिल्म ‘शुद्ध देसी रो-मांस’ मा सुशान्त सिंह नभई अरु नै थिए पहिलो रोजाई, को थिए?