यी ५ कलाकारसंग थियो करण जौहरको अफेयर, लिस्टमा सिद्धार्थ, शाहरुख, एकता…!

बलिउडका सबैभन्दा चर्चित अनुहार मध्ये एक फिल्म निर्माता करण जौहर प्राय चर्चामा आइरहन्छन्।  यस समय कारण जौहर नेपोटिज्म र डिस्क्रिमिनेशनको मुद्दाको कारण चर्चामा छन्। वास्तवमा सुशान्त सिंह राजपुत मृत्यु प्रकरणपछि बलिउडका थुप्रै स्टार र फ्यानहरु करणमाथि नेपोटिज्म फैलाएको आरोप लगाइरहेका छन्।

करण जौहरमाथि नेपोटिज्मको आरोप लागेको यो पहिलोपटक  भने होइन। यसभन्दा पहिले पनि  उनले  धेरैपटक  नेपोटिज्म र डिस्क्रिमिनेशनको मुद्दा घेरेका छन्। यस बाहेक करणसंग जोडिएको एक अर्को मामिला जुन सबैभन्दा चर्चामा रहन्छ। त्यो हो उनको लभ लाइफ । करणको से-क्सु’अलिटी र उनको रिलेशनशिपलाई लिएर प्राय प्रश्न उठ्ने गर्छ। साथै सोशल मिडियामा पनि उनको निकै मजाक उडाउने गर्छन। त्यस्तै करण यस मामिलामा कहिल्यै कुरा गर्दैनन्। त्यसैले  पनि करण जौहरको लभ इंटरेस्ट एक डार्क सिक्रेट बनिरहेको छ। यही नया कारणलाई  लिएर थुप्रै अवार्ड शोमा पनि करणको निकै मजाक उडाईसकेको छ। उनको थुप्रै अभिनेताहरुसंग लभ अफेयरको चर्चा भयो। तर यसबारेमा करणले कहिल्यै मिडियासंग खुलेर कुरा गरेका छैनन्।  त्यस्तै आज हामी यस आर्टिकल मार्फत तपाईलाई बताउनेछौ कि करणको साथ कुन-कुन सेलिब्रेटीको नाम जोडियो:

करण जौहर-ट्विंकल खन्ना

करण जौहरको फर्स्ट लभ अरु कोहि नभई ट्विंकल खन्ना थिइन्। बताइएअनुसार यी दुई एउटै स्कुलमा पढेका हुन्, पढाईको समयमा नै करण ट्विंकलसंग फिदा भएका थिए। करणले ट्विंकल खन्नासंग  आफ्नो मनको कुरा भनेका थिए तर यसभन्दा पहिले नै ट्विंकलको लाइफमा अक्षयको इन्ट्री भयो र उनले ट्विंकललाई आफ्नो जीवनसाथी बनाए। एक रोचक किस्सा के छ भने करणले फिल्म ‘कुछ कुछ होता है’ मा अन्जलीको भूमिका ट्विंकल खन्नाको लागि राखेका थिए। तर ट्विंकल खन्नाले यो रोल प्ले गर्न मनाही गरेकी थिइन्।

करण जौहर-शाहरूख खान

करण र शाहरूखको जोडीले बलिउडलाई थुप्रै हिट फिल्म दिएको छ। दुबैको यो निकटताका कारण, उनीहरूको सम्बन्धमाथि पनि प्रश्न गरियो। अझै पनि शाहरुख र करणलाई लिएर सोशल मिडियामा थुप्रै जोक्स भेटिन्छ। यसबारे एकपटक शाहरुख खानले पनि कफी विद करणमा जोक गरेका थिए।  तर करण जौहरले आफ्नो बायोग्राफी ‘ऐन अनसूटेबल ब्वाय’  मा लेखेका छन् कि शाहरुख खान उनको निकै मिल्ने साथी हुन। साथै उनले शाहरुख खानलाई आफ्नो पिता सरह मान्ने बताएका थिए।

करण जौहर-सिद्धार्थ मल्होत्रा

करण जौहर र सिद्धार्थ मल्होत्राको सम्बन्धमा पनि प्रश्न उठेको थियो। अहिले पनि उनीहरु मिल्ने साथी हुन्। यी दुईको मित्रताको शुरुवात तब भएको थियो जब सिद्धार्थ मल्होत्राले करणको फिल्म ‘माय नेम इज खान’ मा असिस्ट  गरेका थिए। त्यसपछि यी दुईको मित्रता यति गहिरो भयो भएको थियो  कि एकपटक छुट्टि मनाउनको लागि पेरिस पनि गएका थिए। यसपछि करणले सिद्धार्थलाई  ‘स्टुडेन्ट अफ द ईयर’ बाट बलिउडमा ब्रेक दिए। बताइएअनुसार करणलाई सिद्दार्थको पर्सनालिटी निकै मन पर्थ्यो।

करण जौहर-मनीष मल्होत्रा

फेशन डिजाइनर मनीष मल्होत्रा र करण जौहरको सम्बन्धको पनि निकै चर्चा भयो। यी दुइको मित्रता पनि यति गहिरो थियो कि उनीहरूको जोडीलाई सबैभन्दा अनुमानित जोडी पनि भनिन्थ्यो। दुवैको लभ अफेयरको चर्चा पनि निकै भयो। थुप्रै पार्टीहरुमा पनि एकसाथ देखिने यी जोडीले रिलेशनशिपको बारेमा भने कहिल्यै स्वीकार गरेनन।

करण जौहर-एकता कपूर

एकता कपूरको नाम सुनेर तपाईलाई अचम्म लाग्न सक्छ तर २००० सालमा एकता र करणको रिलेशनशिपको निकै चर्चा भयो। थुप्रै पटक यी दुईको विवाहको खबर पनि मिडियामा आएको थियो। तर यो सबै अफवाह थियो।

प्रकाशित : शुक्रबार, कार्तिक ०७, २०७७१३:०१

कपडा फ्याक्ट्रीमा काम गर्ने यी युवकको भाग्य यसरी चम्कियो कि बने सुपरस्टार!