हिन्दू धर्म
हिन्दू धर्मको अनुयायी भगवान कृष्णको लीलाको मोहमा सधैँ बाधिरहेका हुन्छन्। उनीहरुको हरेक स्वरूपको शोभा, महिमा अरुभन्दा अलग र मनमोहक हुन्छ। श्रीकृष्ण भगवान विष्णुको आठौँ अवतार हुन, जसले धर्तीमा कंस नामक राक्षसलाई नाश गर्नलाई अवतार लिएका थिए। श्रीकृष्ण आफ्नो हरेक स्वरूप, हरेक भूमिकामा उत्कृष्ट रहे, चाहे त्यो सुदामासँग मित्रता निभाउन होस् , अर्जुनको मार्गदर्शन गर्न होस, गोपीको रासलीला होस् वा राधासँग प्रेम । उनी एक महान प्रेमी, साखा, दार्शनिक र कूटनीतिज्ञ थिए।
श्रीकृष्णको उपदेश
श्रीकृष्णको उपदेश र शिक्षा अहिलेको समयमा पनि त्यति नै औचित्य रहेको छ, जुन त्यो समयमा थियो। उनको भक्त अहिले पनि उनको जन्मदिवसलाई जन्माष्टमीको रुपमा धूमधामसँग मनाउछन्। यहाँसम्म कि होलीको धूमधाम पनि श्रीकृष्ण नगरी मथुरामा विशेष रूपमा मनाईन्छ।
श्रीकृष्णको स्वरूप
राधासँग प्रेम, यशोदा आमासँग माया र सुदामासँग मित्राता, यो त भगवान कृष्णको स्वभावको कोमल पक्ष हुन्। कुरुक्षेत्रको समयमा उनले अर्जुनलाई कसरी मार्गनिर्देशन गरे, कसरी उनी आफ्नो विजयको नायक बने, यसले भगवान कृष्ण एक उत्कृष्ट राजनीतिज्ञ र कूटनीतिज्ञ पनि थिए भनेर दर्शाउछ।
महाभारत
महाभारतको सुरुवातभन्दा पहिला अर्जुन आफ्नो अगाडी आफ्नै निकट र आफन्तसँग डराएका थिए। जब यु-द्ध गर्ने कुराले उनलाई सताउन थाल्यो तब भगवान कृष्णले उनलाई उपदेश दिएका थिए, जसलाई भगवद्गीताको नामले पनि चिनिन्छ।
भगवद्गीताको संकलन
भगवद्गीताको संकलन ७०० श्लोकमा भएको छ। ति सबैलाई व्याख्या गर्न समय पनि लागेको हुन सक्छ। भगवान कृष्णको लागि जे पनि सम्भव थियो। त्यसैले केहि मान्छे मान्छन् कि जब भगवान कृष्णले अर्जुनलाई गीताको उपदेश दिईरहेका थिए तब उनले समयलाई पनि रोकेका थिए।
कुरुक्षेत्र
कुरुक्षेत्रको यु-द्धको समयमा कौरव र पाण्डव एक अर्काको वंशको विनाश गर्नको लागि तयार थिए। तिनीहरु दाजुभाई थिए त्यसैले यु-द्धको समय अर्जुन आफ्नै भाईहरुको ह-‘त्या गर्न डराए। तर यु-द्ध त जसरी हुनु नै थियो र जित्नु पनि जरुरी थियो। यु-द्धमा विजय पाण्डवको होस भनेर श्रीकृष्णले अर्जुनको सारथी बन्न स्वीकार गरे।
श्रीकृष्ण नै परमात्मा
श्रीकृष्ण नै परमात्मा हुन्। उनको अस्तित्व हामी सबैमा रहेको छ। उनको हरेक ठाउँमा उपस्थित रहेको छ। जब अर्जुन यु-द्धलाई लिएर डराएका थिई तब भगवान श्रीकृष्णले उनलाई श्लोक मार्फत गीताको उपदेश दिएका थिए। यो उपदेशले अर्जुनलाई चेतना पनि दिएको थियो। त्यस अन्तर्गत अर्जुनलाई उनको कर्तव्य , यु-द्धको आवश्यकताबाट परिचित गरिएको थियो।
अर्जुन
अर्जुनको जन्म देवराज इन्द्रको वरदानको फलस्वरूप भएको हुदापनि उ चिन्तित र दुविधामा रहन्थे। अर्जुनलाई जीवात्माको उदाहरण मानिएको छ। जो आफ्नो मार्गले भट्किसकेका थिए। उ आफ्नो जिम्मेदारीलाई छोडन र आफ्नो कर्तव्यलाई तयार थिए। सोही समयमा भगवान श्रीकृष्णले उनलाई भगवानको रूपमा सही मार्ग अनुसरण गर्न प्रेरणा दिए।
भगवान कृष्ण
भगवान कृष्णले धर्तीमा निकै महत्वपूर्ण कार्यलाई पूर्ण गर्नको लागि अवतार लिएका थिए। जब अर्जुन आफ्नो कर्तव्य त्याग्नको लागि तयार थिए तब भगवान श्रीकृष्णले सत्यको परम स्वरूपको रूपमा उनलाई दर्शन दिएका थिए। उनले अर्जुनलाई आफ्नो विक्राल स्वरूपमा परम सत्यबाट परिचित गराएका थिए।
असीमित रहेका छन् कृष्ण
कृष्ण न त जन्मसम्म सीमित थिए, न त मनुष्यको भ्रान्ति समय र स्थानसम्म नै सीमित थिए। उनको लागि समयको कुनै महत्त्व थिएन र उनलाई केहि मतलब थिएन। उनी बाहिर मात्र नभई हामी भित्र पनि हुन्छ। गीतको श्लोक पनि यसै कुरालाई उजागर गर्छ कि कसरी उनले समयको प्रतिवन्धलाई हटाउदै अर्जुनलाई परम सत्य, भगवद्गीतासँग परिचित गराएका थिए।