अक्षयकी साली ‘रिंकी’ फिल्ममा फ्लप भएपछि जिईरहेकी छिन यस्तो जिन्दगी!

अक्षय कुमार र ट्विंकिल खन्ना बलिउडको चर्चित जोडी हुन् । यी दुई अहिले कुनै न कुनै कारण चर्चा आइरहन्छन्।  अक्षयको श्रीमती ट्विंकलको फिल्मी करियर ठिकै नै रहेको थियो । उनी बलिउडको टप अभिनेत्री नभए पनि उनलाई धेरैले  चिन्छन्। उनले कुनै न कुनै तरिकाले आफ्नो नाम  इंडस्ट्रीमा बनाएकी छन्। यधपी यो कुरा उनको बहिनी  रिंकि खन्नालाई भने लागु हुदैन  ।

ट्विंकल र रिंकि दुवै राजेश खन्ना र डिम्पल कपाड़ियाको छोरीहरु  हुन्। यधपी ट्विंकलको ठाउँमा   रिंकिले भने कुनै खास पहिचान बनाउन सकिनन्।  रिंकि १७ वर्षको हुँदा उनले फिल्ममा काम गर्न थालेकी थिइन्। उनको डेब्यू फिल्म  ‘प्यार में कभी कभी’ १९९९ मा आएको थियो।  यस फिल्मबाट  उनलाई बेस्ट फिमेल  डेब्यूको सिने अवार्ड पनि मिलेको थियो। रिंकिले आफ्नो बहिनी  ट्विंकल जस्तै बलिउडमा टिक्न  धेरै संघर्ष गरिन तर उनले सफलता पाईनन्। उनी बलिउडमा ४ वर्षसम्म मात्र सक्रिय रहिन्। यसैक्रममा उनले ९ फिल्ममा काम गरिन्। जब फिल्ममा सफलता पाईनन, तब  उनले बिहे गर्ने फैसाला लिईन्।

रिंकिले २००३ सालमा बिजनेसम्यान  समीप सरनसँग  बिहे गरेकी थिइन्। यस बिहेमा राजेश खन्ना र डिम्पल कपाड़ियाले  कन्यादान पनि दिएका   थिए। रिंकिको बिहे  ट्विंकलको बिहे भन्दा दुई वर्षपछि भएको हो। अक्षय र ट्विंकलले २००१ सालमा बिहे गरेका थिए। ट्विंकलले बिहे गर्नुको कारण उनको ‘मेला’ फिल्म फ्लप भएको थियो।  रिंकि खन्ना २७ जुलाई १९७७ मा जन्मिएकी थिइन्।  यहाँसम्म कि उनी आफ्नो निजी जिन्दगीको कारण चर्चामा आउदिनन्।

सोशल मीडियामा उनी एक्टिभ रहदिनन्। वास्तवमा उनी अहिले आफ्नो श्रीमानसँग लन्डनमा रहन्छिन्। रिंकिको एक छोरी पनि  रहेकी छिन्। उनको जन्म २००४ सालमा भएको थियो। रिंकिले आफ्नो छोरीको नाम  नोआमिका राखेकी थिइन्।  ‘प्यार में कभी कभी’ बाट  डेब्यू  गरेपछि उनले ‘जिस देश में गंगा रहता है’, ‘मुझे कुछ कहना है’, ‘मजनू’, ‘ये है जलवा’, ‘प्राण जाए पर शान न जाए’, ‘झंकार बिट्स’ र ‘चमेली’ जस्ता फिल्ममा काम गरेकी थिइन्।  उनको अन्तिम फिल्म ‘चमेली’ रहेको  थियो। २००३ मा आएको फिल्ममा उनको छोटो रोल रहेको थियो। राजेश खन्ना र डिम्पल कपाड़ियाले आफ्नो छोरीको  नाम रिंकल राखेका थिए तर फिल्ममा आएपछि उनले आफ्नो नाम रिंकी राखेकी थिइन्।

प्रकाशित : शुक्रबार, कार्तिक ०७, २०७७१२:५२

यी ६ अभिनेत्रीले हिरोलाई छोडेर भिलेनलाई दिएका थिए मन, गरे विवाह!