यी विशेष दिन तेल लगाएर मालिश गर्दा बिग्रिन्छ किस्मत, आइपर्छ बाधा-अड्चन!

काठमाडौँ : तपाईले आफ्नो घरको ठुलाबडाको मुखबाट प्राय: टाउको तेल लगाउँदा हुने फाइदाहरु बारे सुन्नु भएकै होला। तेलका फाइदाहरु धेरै छन् तर यो हामी केवल त्यतिबेला बुझ्छौँ जब सम्म हामी फेशनको चपेटमा परेका हुँदैनौं। किनकी फेशनको चक्करमा परेसँगै हामी टाउकोमा तेल लगाएर आफूलाई आउटडेटेड फिल गर्न थाल्छौँ।

तेलको फाइदा बुझ्नुको सट्टा हामी बजारमा पाइने रासायनिक पदार्थमिश्रित चिजहरुमा बढी भरोसा गर्न थाल्छौँ।

कपाल राम्रो बनाउन पार्लर गएर पैसा खर्च गर्छौं। जबकि यो सबै नियमित रुपमा टाउकोमा तेल लगाएर मालिश गर्दा पनि सम्भव हुन्छ। खैर यो टपिक एकदम अलग हो,  हामी तपाईलाई तेलको एक अर्को पक्षहरु बारे पनि अवगत गराउँछौँ। तपाईले प्राय: देख्नुभएको होला मानिसहरुले राति तेल लगाएर सुत्छन्, ताकि उनीहरुको कपाल अझ मजबूत र मुलायम होस्। केही हदसम्म यो कुरा सही पनि हो। तर तेल लगाउने बेला यो कुरा पनि ख्याल गर्नुहोला कि केही दिन तेल नलगाएकै राम्रो हुनेछ।

ज्योतिष शास्त्र अनुसार केही यस्ता नियमहरु छन् जुन पालना गर्नु अत्यन्तै जरुरी छ ताकि मनुष्य एक सहज र सुखद जीवन व्यतीत गर्न सकून्। अब तपाई सोचिरहनुभएको होला कि शनिबार र तेलको सम्बन्ध त  छ तर अन्य दिनमा तेल लगाउँदा के नोक्सानी हुन् सक्छ त ? के तपाईले तेल लगाउनु अघि दिन र बार ध्यान दिनुपर्छ त ?

ज्योतिष विद्या अनुसार शुक्रवारको दिन तेल लगाउनु हुँदैन। विशेषगरी पुरुषले बिल्कुलै शुक्रबारको दिन तेल लगाउन हुँदैन। वास्तवमा शुक्र ग्रह वीर्यको स्वामी हो र वीर्य नै पुरुषको तेज हो। शुक्रबारको दिन तेल लगाउँदा शुक्रको तेजले पुरुषको वीर्यको उष्णमा वृद्धि गर्छ। जसको कारण भविष्यमा गर्भाधानमा समस्या पैसा हुन् सक्छ।

शास्त्र अनुसार आइतवारको दिन तेलले मालिश गर्नु हुँदैन। रवि रानी सूर्य, सौर्यमण्डलको सबैभन्दा तातो पिण्ड हो। आइतबारको दिन तेल मालिश गरेर हामीले यसको ताप अझ बढाउँछौँ।

सोमबार तेलले मालिश गर्दा शरीरमा दुखाई बढ्न सक्छ। यसकारण यस दिन तेल मालिश नगरेकै राम्रो हुनेछ। मङ्गलबार तेल लगाउँदा घातक रोगहरुले च्याप्न सक्छ।

ज्योतिष विद्याको अनुसार तेल लगाउनको लागि सबैभन्दा उपयुक्त दिन शनिबार हो। यदि तपाई आफ्नो शिर या शरीरमा तेल मालिश गर्न चाहनुहुन्छ भने शनिबारको दिन यसको लागि सबैभन्दा राम्रो विकल्प हो।

प्रकाशित : शुक्रबार, कार्तिक ०७, २०७७१२:५२

महानायक ‘भीष्म’ ले यसकारण रोजे स्वेच्छिक मृत्यु, ब्रह्मचर्य भएपनि पूर्वजन्मको स्त्रीसँग के थियो सम्बन्ध ?