बलिउडमा अहिले बिहे गर्ने मौषम चलिरहेको छ। चर्चित गायिका नेहा कक्कड़पछि अभिनेत्री काजल अग्रवाल पनि बिहे बन्धनमा बाधिएकी छन्। यसैबीच काजलको बिहेको तस्विर पनि सोशल मिडियामा बाहिरिएको छ, जुन भाइरल भईरहेको छ। काजल अग्रवालले घरपरिवारको सहमति र केहि विशेष मान्छेको उपस्थितिमा ३० अक्टुबरमा बिजनेसम्यान गौतम किचलूसँग बिहे गरेकी हुन्।
आफ्नो विवाहमा अभिनेत्रीलाई निकै सुन्दर देखिएको थियो। काजल र गौतमको वरमाला लगाएको तस्विर बाहिरिएको छ। दुवैको बिहेको चर्चा निकै समयदेखि चलेको थियो। भाइरल तस्विरमा दुवैलाई निकै खुशी देखिएको छ।
यसैक्रममा काजल पिंक र रेड कलरको लेहेंगामा निकै गर्जियस देखिएकी छन् र गौतम किचलूलाई पनि पिंक कलरको आउटफिटमा निकै सुन्दर देखिएको छ।
काजलले आफ्नो लुकलाई हेभी नेकलेस र हातमा चुरा लगाएर कम्प्लिट गरेकी छन। दुवैको केमेस्ट्रीले फ्यानको मन जितेको छ। उनको बिहेको भेन्युको तस्विर सोशल मीडियामा भाइरल रहेको छ। वेडिंग भेन्यूको सजावट पनि सेतो फूलले गरिएको छ। सबै कुराले निकै क्लासी लुक दिईरहेको छ । सात फेरो लिनुभन्दा पहिला काजल अग्रवालले आफ्नो तस्विर शेयर गरेकी थिइन्। जुनमा उनि टावेल बेरेर चुरा र मेकअपमा देखिएकी थिइन् र उनको लेहेंगा पछाडी देखिएको थियो। काजल अग्रवालको मेहंदी र हल्दी सेयरमनीको तस्विर पनि सोशल मिडियामा भाइरल भईरहेको छ। यी तस्विरलाई फ्यानले निकै मन पराएका छन्।