लगातार आकाशिंदै गरेको र विश्वव्यापी महामारी कोरोना भाइरसको कारण भएको मन्दी पछि पनि मानिसहरूले सुन किन्न रुचि देखाइरहेका छन्। तर आकाशिंदै गरेको सुनको मूल्या देख्दा यो प्रश्न लगातार उठाइरहेको छ कि के सुन संसारको खानीबाट अन्त्य हुने वाला छ? के तपाईंले कहिल्यै सोच्नुभएको छ कि यदि पृथ्वीको सुन पूर्ण रूपमा सकियो भने के हुन्छ?

विशेषज्ञहरु बीच केहि समय देखि सुनको अन्त्य बारे चर्चा चल्दै आएको छ। यस्तो अवस्थालाई पिक गोल्ड भनिन्छ अथवा त्यो अवस्था जब सुन खानीबाट सबै सुन निकाली सकेको हुनेछ। केही विज्ञहरूका अनुसार आज हामी त्यस चरणमा पुगेका छौं र सुन पनि कम हुँदैछ। वर्ल्ड गोल्ड काउन्सिल (डब्ल्यूजीसी) को एक रिपोर्ट अनुसार, २०१९ मा लगभग ३,५५१ टन सुन निकालिएको थियो।

बीबीसीको रिपोर्टमा बोल्दै वर्ल्ड गोल्ड काउन्सिलका प्रवक्ता हन्ना ब्रान्डिटर भन्छिन् कि आउँदो वर्षहरूमा सुन खनन अझ कम हुनसक्छ। यसको साथै नयाँ सुनखानीको खोजीमा पनि कमी हुनेछ किनकि सुन घटिरहेको छ। डब्ल्यूजीसीका अनुसार हाल जमिनमुनि लगभग ५४,००० टन सुन छ, जुन खनन हुन बाँकी छ। तर जमिनमूनि रहेको यो सुन अहिलेसम्म खनन गरिएको सुनको ३० प्रतिशत सुन हो।

२०३५ सम्म सकिनेछ सुन ?
विश्वव्यापी कम्पनी गोल्डम्यान स्याशका अनुसार २०३५ सम्ममा विश्वको सम्पूर्ण सुनको सकिनेछ। सबै सुन खनन भइसकेको हुनेछ। नयाँ खानी पत्ता नलागेको कारण यो स्थिति पहिले देखि नै देख्न सकिन्छ।

तेल जस्तो प्राकृतिक इन्धनको तुलनामा सुनको विशेष कुरा यो छ कि यसलाई रिसायकल गर्न सकिन्छ। यस्तो अवस्थामा जमीनमूनिको सुन भण्डार समाप्त भए पनि घरहरूमा राखिएको सुनलाई नयाँ तरीकाले प्रयोग गर्न सकिन्छ।

