एसएसपीलाई धम्की दिने विप्लव समूहकी नेतृ पक्राउ !

काठमाडौँ – प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकी एक नेतृलाई पक्राउ गरेको छ। एसएसपीलाई धम्की दिने नेकपाकी एक नेतृलाई पक्राउ गरेको हो।

सांकेतिक तस्विर

पक्राउ पर्नेमा ललितपुर जिल्ला सेक्रेटरी सावित्रा अधिकारी (विदुषी) रहेकी छन्। उनलाई महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईलाई धम्की दिएकाे आरोपमा पक्राउ गरिएको हो।

अधिकारीलाई शनिबार पाटन स्थित मंगलबजारबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। अधिकारीलाई पार्टीकाे झण्डा र ब्यानरसहित पक्राउ गरिएको ललितपुरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले जानकारी दिए।

प्रकाशित : आइतबार, कार्तिक १६, २०७७१४:३६

शुक्रराज ट्रपिकलले तोक्यो कोभिड–१९ को उपचार खर्च, एक दिनकै १५ हजार सम्म लाग्ने !