काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली एक्कासी गोदावरी पुगेका छन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवाद उत्कर्षमा रहेका बेला पार्टीका अध्यक्ष समेत रहेका ओली आइतबार आकस्मिक रूपमा गोदावरी पुगेका हुन्।
प्रधानमन्त्री ओली गोदावरीमा निर्माण भइरहेको ३ हजार सिट क्षमताको सभाहल निरीक्षणका लागि त्यहाँ पुगेको बताइएको छ। ओलीको आइतबारको गोदावरी भ्रमण सम्भवतः लकडाउनपछिकै पहिलो भ्रमण हो।