राम्रोसँग बोल्न नसक्ने बालिकालाई बन्धक बनाएर बलात्कार

जनकपुर–जनकपुरधाम उपमहानगरपालिका–७ को भ्रमरपुरा चोकमा डेरा गरी बस्ने १० वर्षीया एक बालिकालाई बन्धक बनाई ब-लात्कार गर्ने भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सबैला नगरपालिका घर भई जनकपुरधाममा डेरा गरी बस्ने राम्रोसँग बोल्न नसक्ने फरक क्षमता भएकी बालिकालाई बन्धक बनाई ब-लात्कार गर्ने भारत विहार सीतामढी जिल्ला बथनाहा ग्राम पञ्चायत भुतही–५ का ५१ वर्षीय वीरेन्द्र साहलाई पक्राउ गरिएको हो।

घरमा कोही नभएका बेला साहले बालिकालाई ललाईफकाई चकलेटको प्रलोभन दिई बन्धक बनाई क-रणी गरेको जनाइएको छ। साह सोही घरको तल्लो तल्लामा भाडामा बस्दै आएका छन् ।

बालिकाकी आमाले छोरीलाई खोजतलास गर्ने क्रममा साहको कोठाबाट रुँदै कराउँदै गरेको देखि हल्ला गर्दा स्थानीयवासी समेत आई प्रहरीलाई खबर गरेका थिए।

त्यसपछि जिल्ला प्रहरीबाट खटिएको टोलीले साहलाई पक्राउ गरेको बताइएको छ । पक्राउ गरिएका साहलाई शरीर बन्धक एवं जबरजस्ती  क-रणी मुद्दा शीर्षकअन्तर्गत म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : सोमबार, कार्तिक १७, २०७७११:१०

प्रचण्डलाई बाबुरामको सुझाव – ‘ओली कुबाटोमा छन्, सती जाने कि नजाने बिचार गर्नु’