सूर्यसँग मिलेर बुधले बनायो शुभयोग, यी राशिको खुल्ने भयो भाग्य !

चन्द्रपुत्र बुध ग्रह वक्री अवस्थामा ३१ अक्टोबरको दिन राती ११ बजेर ३८ मिनेटमा तुला राशिमा गोचर भइसकेको छ। यस राशिमा सूर्य पहिले नै विराजमान छ, त्यसकारण, बुध ग्रहको उदय हुने बित्तिकै अत्यन्तै शुभ बुधादित्य योगको प्रभाव आरम्भ हुनेछ। यसको प्रभाव सबै १२ वटा राशिमा पर्नेछ।

मेष राशि 

आर्थिक पक्ष सुदृढ हुनेछ। कतै रोकिएको धन प्राप्त हुनेछ। आकस्मिक धन प्राप्तिको योग बन्नेछ। व्यापारीहरूको लागि यो गोचर वरदान भन्दा कम छैन, त्यसैले यदि ठुला काम सुरू गर्न वा निर्णय गर्न चाहनुहुन्छ भने ढिलाइ नगर्नुहोस्, सफलताको सम्भावना छ। विवाह सम्बन्धि वार्ता पनि सफल हुनेछ।

वृष राशि 

स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न सक्छ। पेट तथा छालाका रोगहरूले सताउन सक्छ। आर्थिक लेन-देन गर्दा विशेष सावधान रहनुहोला। बुधको साथ सूर्यको संयोजनले अदालतको मुद्दामा सफलता प्राप्त होला। तपाईंले शिक्षा क्षेत्रमा राम्रो सफलता पाउनुहुनेछ।

मिथुन राशि 

व्यापार व्यवसायमा प्रगति हुनेछ। रोजगारीतर्फका सबै प्रयासहरू अर्थपूर्ण रहनेछन्। यस योगले विद्यार्थी वा प्रतियोगितामा बस्ने विद्यार्थीहरूको लागि ठूलो परिणाम दिन्छ। नव दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ। सरकारी क्षेत्रमा सफलता मिल्ने सम्भावना देखिन्छ।

कर्कट राशि 

मित्र र आफन्तबाट लाभ मिल्नेछ। घर-जग्गा तथा वाहन खरीद गर्ने सपना पूरा हुनेछ। सरकारी क्षेत्रबाट लाभ मिल्ने सम्भावना रहेको छ। शीर्ष अधिकारीहरूसँग सौहार्दपूर्ण सम्बन्ध कायम राख्नुहोस्। कार्यक्षेत्रमा पदोन्नति र नयाँ सम्झौताको प्राप्ति गरिनेछ।

सिंह राशि 

तपाईंको स्वभावमा नम्रता आउनेछ। तपाईंको निर्णय र कार्यहरुको पनि सराहना गरिनेछ। सामाजिक स्तर प्रतिष्ठा बढ्नेछ। सक्रिय रूपमा धार्मिक कार्य संलग्न हुनुहुनेछ साथै आर्थिक सहयोग पनि गर्नु हुनेछ। विदेशी नागरिकताको लागि आवेदन सफल हुनेछ।

कन्या राशि 

आर्थिक पक्ष मजबूत हुनेछ। यदि कोही नयाँ काम सुरू गर्न वा सम्झौतामा हस्ताक्षर गर्न चाहनुहुन्छ भने, ढिलाइ नगर्नुहोस्, यस समयमा सफलताको सम्भावना सब भन्दा बढी हुनेछ। आकस्मिक धन लाभको योग बन्नेछ। लक्जरी सामान र घर सवारी साधन खरीदको योग रहेको छ।

तुला राशि 

तपाईंको लागे यस योग कुनै वरदान भन्दा कम हुने छैन। महिला वर्गले कार्यक्षेत्रमा अधिक सफलता प्राप्त गर्नेछन्। बुधको गोचर विद्यार्थी र प्रतियोगितामा बसिरहेका विद्यार्थीहरूको लागि अत्यन्त शुभ साबित हुनेछ। साथीहरुबाट शुभ समाचार प्राप्त गर्नु हुनेछ।

वृश्चिक राशि 

स्वास्थ्यमा केही प्रतिकूल प्रभाव पर्न सक्छ। आयात-निर्यात व्यापार गर्ने व्यापारीहरूको लागि यस योग धेरै लाभदायक हुनेछ। आर्थिक क्षतिको सम्भावना रहेको छ। आय-व्ययको अनुपात बराबर हुनेछ। अत्यधिक कार्य व्यस्तताको कारण शारीरिक थकानको महसुस हुनेछ।

धनु राशि 

कार्य व्यवसाय वा जागिरको हिसाबले तपाईंको लागि यस योग वरदान साबित हुनेछ। विदेशी कम्पनीहरूमा सेवा आदिको लागि आवेदन दिने वा विदेशी नागरिकताको लागि प्रयास गर्ने काम सफल हुनेछ। सामाजिक स्तर प्रतिष्ठा बढ्नेछ।

मकर राशि 

राशिको कर्मभावमा बुध र भाग्यभावमा शुक्रको उपस्थितिले तपाईंलाई बहुमुखी प्रतिभामा धनी बनाउँदछ। यस समय जुनसुकै निर्णय लिन वा नयाँ कार्य सुरू गर्न चाहानुहुन्छ, यसको परिणाम तपाईंका लागि उत्तम हुनेछ। सरकारी काम सफल हुनेछन्। शीर्ष व्यक्तित्वको मद्दत गर्न मिल्नेछ।

कुम्भ राशि 

भाग्यवृद्धि हुने योग रहेको छ। नोकरीमा उन्नति हुने सम्भावना हुन्छ र नयाँ सम्झौताको प्राप्ति हुने देखिन्छ। यदि तपाईं स्थान परिवर्तनको लागि प्रयास गर्दै हुनुहुन्छ भने अवसर राम्रो छ। तपाईंको कामको सराहना गरिन्छ। तपाइँको योजना र ऊर्जा शक्तिको पूर्ण उपयोग गर्नुहोस्।

मीन राशि 

स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्छ। पेट, छाला तथा मुटु सम्बन्धि रोगले सताउन सक्छ। कर्यक्षेत्रमा षड्यन्त्रकारीहरूबाट सावधान रहनुहोस्। दैनिक व्यापारिकहरूको लागि समय अपेक्षाकृत बढी अनुकूल हुनेछ। घर-जग्गा तथा वाहन खरिद गर्ने सपना पूरा हुन समय बेर लाग्न सक्छ।

प्रकाशित : सोमबार, कार्तिक १७, २०७७१८:३९

नोभेम्बर महिनामा यी ग्रहले गर्नेछन् राशि परिवर्तन, यस्तो रहनेछ सबै राशिमा प्रभाव !