प्रचण्डलाई बाबुरामको सुझाव – ‘ओली कुबाटोमा छन्, सती जाने कि नजाने बिचार गर्नु’

काठमाडौँ – जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले ओलीसँगै सती नजान प्रचण्डलाई सुझाव दिएका छन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले प्रचण्डलाई यस्तो सुझाव दिएका हुन्।

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष केपी शर्मा ओली आफ्नो कुबाटोमा दृढ रहेको भट्टराईको बुझाई छ। ओली दृढ रहेका कारण सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने भन्ने प्रचण्डलाई भट्टराईको प्रश्न छ।

“ओली आफ्नो कुबाटोमा दृढ छन्;अरू उनको सती जाने कि बेलैमा नयाॅ समाजवादी बाटो बनाउने?”,सोमबार बिहान एक ट्वीट गर्दै भट्टराईले भनेका छन्।

विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी नेतृत्वले रंग फेरिसकेपछि पनि बाँकी नेता र कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु रहेको भट्टराईको तर्क छ।

“विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी/नेतृत्वले रंग फेरिसकेपछि पनि बाँकि नेता/कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो भन्ने हिजोका झापाली/माओवादीले कति छिटो बिर्सेको?”,भट्टराई ट्वीट गर्दै भन्छन्।

यस्तो छ भट्टराईको ट्वीट –

विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी/नेतृत्वले रंग फेरिसकेपछि पनि बाँकि नेता/कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो भन्ने हिजोका झापाली/माओवादीले कति छिटो बिर्सेको?ओली आफ्नो कुबाटोमा दृढ छन्;अरू उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने?

प्रकाशित : सोमबार, कार्तिक १७, २०७७११:४१

जनप्रतिनिधि हुनु त यस्तो पो !