आज युरो बाहेक सबै देशमा मुद्रको मूल्य बढ्यो ! कुन देशको मुद्रको विनियम दर कति ? हेर्नुहोस्

काठमाडौँ – सोमबारको तुलनामा मंगलबार डलरको विनियम दर सामान्य रुपमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले तोकेको विनियम दर अनुसार मंगलबार डलर केहि महँगो भएको हो।

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि अमेरिकी डलर एकको खरिददर एक सय १८ रुपैयाँ ७९ पैसा र विक्रिदर एक सय १९ रुपैयाँ ३९ पैसा तोकेको छ।

डलर केहि महँगो हुँदा युरो भने केहि सस्तो भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि युरो एकको खरिददर एक सय ३८ रुपैयाँ ३० पैसा र विक्रिदर एक सय ३८ रुपैयाँ ९९ पैसा तोकेको छ।

अन्य कुन देशको विनियम दर कति ?

नेपाल राष्ट्र बैंकले तोके अनुसार विभिन्न देशका मुद्राको विनियम दर निम्न छन्।

– साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ६७ पैसा र विक्रिदर ३१ रुपैयाँ ८३ पैसा ।

– कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६३ पैसा र विक्रिदर ३२ रुपैयाँ ७९ पैसा ।

– युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ ३४ पैसा र विक्रिदर ३२ रुपैयाँ ५० पैसा।

– मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र विक्रिदर २८ रुपैयाँ ७० पैसा।

– कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४७ पैसा र विक्रिदर १० रुपैयाँ ५२ पैसा।

– एक कुवेती दिनारको एकको खरिददर ३ सय ८७ रुपैयाँ ९४ पैसा र विक्रिदर ३ सय ८९ रुपैयाँ ९० पैसा।

– एक बहराइन दिनार एकको खरिददर ३ सय १५ रुपैयाँ ०६ पैसा र विक्रिदर ३ सय १६ रुपैयाँ ६५ पैसा।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने व्यवस्था रेहको छ।

प्रकाशित : मङ्गलबार, कार्तिक १८, २०७७०९:४८

उकालो लाग्यो सुनको मूल्य, आज ४४ दिन यताकै महँगो ! कति ? [मूल्य सहित]