प्रहरी विवादमा मुछिएका र्यापर भिटेन अदालतमा

पछिल्लो र्‍याप गीत ‘पारा’को कारण विवादमा मुछिएका भिटेन भनिने समिर घिसिङ उच्च अदालत पाटनमा हाजिर भएका छन्। उच्च अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीका अनुसार भिटेन आफै अदालतमा हाजिर भएका हुन्।

केहि दिनअघि मात्र उनको नयाँ गीतमाथि छानबिन गर्नको लागि प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई निर्देशन दिएको थियो। समिरले प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरोलाई विपक्षी बनाउँदै उच्च अदालत पाटन पुगेर निषेधाज्ञा विरुद्ध निवेदन दिएका थिए।

उन्च्च अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासमा मंगलबार भिटेनको निवेदनमा सुनवाई भएको छ। यस विषयमा आज नै अदालतले आदेश दिने प्रवक्ता रेग्मीले बताए।

कात्तिक ८ गते भिटेनको अफिसियल युट्युब च्यानलबाट सार्वनजिक गीतमा उनले अश्लिल शब्द प्रयोग गरेको भन्दै प्रहरी प्रधान कार्यालय नक्सालले अनुसन्धानको लागि प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई निर्देशन दिएको हो। विवादमा मुछिएपछि भिटेनले सामाजिक सञ्जालमार्फत माफी समेत मागिसकेका छन्।

गीतमा अश्लिल शब्द प्रयोग गरेको र प्रहरीलाई समेत गाली गरिएको भन्दै प्रहरीले उनलाई खोज्न थालेपछि उनको भिडियो युट्युबबाट समेत हटाइएको छ।

प्रकाशित : मङ्गलबार, कार्तिक १८, २०७७१५:१०

विश्वभरी तीन करोड ४० लाख मानिस कोरोना सङ्क्रमणमुक्त..